राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कास्कीले बिनाकारण आफ्ना नेता कार्यकर्ता गिरफ्तार भएको भन्दै बिज्ञप्ती जारी गरेको छ । जिल्ला सचीव पुरन पुनलाइ आइतबार साझ पक्राउ गरेकोमा आक्रोश ब्यक्त गरेको छ । साथीको जन्मदिन बाट फर्कने क्रममा इलाका प्रहरी कार्यालय बैदामले गिरफ्तार गरेको अखिल क्रान्तिकारी कास्कीले जनाएको छ ।
संगठनका जिल्ला को सचीवलाई विना कारण अपहरण शैलीमा गिरफ्तार गरि झुठा मुद्दा लगाएको भन्दै क्रान्तिकारी कास्की ले आपत्ति जनाएको हो ।
जिल्ला अध्यक्षले काजी गुरुङ द्धारा हस्ताक्षरित बिज्ञप्तीमा पुनलाइ २४ घन्टा भित्र विना सर्त रिहाई नगरे कडा संघर्षमा उत्रिने घोषणा समेत गरिएको छ ।
नेकपाको जेठ १३ गतेको नेपाल बन्दको दिन जिल्ला सदस्य उब्जन पुनलाइ पनि नियन्त्रणमा लिइ बन्दको भोलि पल्ट रिहा गरेको क्रान्तिकारी कास्कीले जनाएको छ ।