अहिले नेपालमा सामाजिक दलाल पुँजीबादी फाँसिष्ट राज्यसत्ताको बिरुद्द नेपाल कम्युनिस्ट पार्टीले संचालन गरिरहेको बिद्रोह र प्रतिरोध आन्दोलनले शासकहरु हायल कायल को स्थितिमा पुगेका छन।
शासकहरु दिनानुदिन आफै नाङगिदै कमजोर बन्दै गैरहेकाछन।आफ्नो कालो कर्तुतलाई ढाकछोप गर्न या साहानुभुतीको मत आफुतिर पार्न बिद्रोही नेकपा प्रती अनेक लान्छना र भ्रमहरु फिजाउदै गइरहेका छन ।
शासक हरु कहिले बिप्लवले आफुहरुलाइ मार्न लागेको कुतर्कयुक्त भ्रम फिजाउदै हिड्छन त कहिले,प्रकाण्ड र बिप्लब बिच एक इन्च पनि नभएको मतभेद लाई , लौ यिनिहरु फुटन लागे भनेर भ्रम छर्दैहिडिरहेका छन ।
यस्तैमा पछिल्लो समय योजनाबद्ध हिसाबले आएको अर्को भ्रमपुर्ण सडयन्त्र हो बिप्लब पुत्र प्रकाश ले पचास करोडको बाइक चडे भनेर फैल्याइएको भ्रम। यहानिर बुझ्नुपर्ने बास्तबिकता के भने बिप्लब पुत्र प्रकाश डाक्टर पढदै हुनुन्छ । यो कुनै भ्रम होइन। तर प्रकाश लाई कमरेड बिप्लबले कुनै चन्दा उठाएर डाक्टर पढाएको होइन । उनी आफ्नै मेहनतले सङघर्स गरेर पढिरहेका छन ।
अनि बिप्लब पुत्र भएर भन्दा नि उनी आफ्नो परिचय आफै बनाएका छन अनि अखिल क्रान्तिकारी का झुझारु नेता हुन। अनि बिप्लब पुत्र भएर हैन आफ्नै इमानदारीता लगाबले सङगठन मा लोकप्रिय र परिचित छन । अनि अर्को पचास लाखको बाइक चढेको भन्ने कुरा कपोलकल्पित र भ्रम हो सत्य के हो भने,कतै घुमघाममा निस्किदा कुनै पार्कमा पार्किङ गरेर राखिएको बाइक मा उनले करिब तीन बर्स अगाडि खिचिएको थियो उक्त तस्बिर सत्य यहि हो। उनले मोजमस्तिको लागि भोगचलनको लागि बाइक किनेको भन्ने कुरा भ्रम र कपोलकल्पित हो ।
सि एम सि मा अध्यनरत प्रकाश चितवन को कुनै एक ठाउमा डेरा लिएर पढन बसेका छन । राजनैतिक प्रतिसोधको आधारमा प्रहरी ले उनी माथी विभिन्न दुख हरु दिने गरेको छ । प्रकाशको बारेमा अरु बुझ्न उनी अध्यनरत कलेजका उनका सहपाठिहरुलाइ सोध्दा थाहा हुन्छ कि उनी कस्तो खालको मान्छे हुन।
अहिले पछिल्लो समय राज्यत्ता लाई टक्कर दिइरहेको बिप्लब नेकपा लाई केही गरेपनी कमजोर बनाउन नसकेपछी । दलाल र भ्रष्टहरुलाइ कार्बाही गरेर जनमत बिस्तारै बिद्रोही नेकपा तिर बढेपछी शासकहरुले अतालिएर नियोजित रूपमा ल्याइएको एउटा हास्यास्पद भ्रम हो । यो बाइक काण्ड ! बिप्लब लाई कमजोर बनाउन समग्र क्रान्तिकारी आन्दोलन लाई कमजोर बनाउन शासक र तिनका भरौटे मिडिया बाट ल्याइएको भ्रम हो।
यस्ताखाले खुरापाते भ्रम बाट न आन्दोलन कमजोर हुन्छ न अलमलिन्छ । यस्ताखाले झुटको खेतिले झन शासकहरुलाइ कमजोर बनाउछ । आन्दोलन झन ससक्त बन्छ । अब पनि जनताले येस्ताखाले भ्रम पत्याइदेलान र देस र क्रान्तिकारी आन्दोलन लाई कमजोर बनाएर देश लुटन पाइएला भन्ने भ्रम शासकबर्गले नपालेहुन्छ । शासकहरुको कपोल कल्पित भ्रममा परि केही साथिहरुले केही स्वभाभिक प्रस्नहरु गर्नुभएको छ । त्यस लाई हामी गलत भन्दैनौं ।
कमरेड बिप्लब देशले आसा गरेको एउट निडर नेता हुनुन्छ । हामिलाइ पनि लाग्छ वहामा कहिल्यै बिचलन देखा नपरोस । हामिले बारम्बार क बिप्लब लाई यस्ता बिषयमा ध्यानाकर्षण गराएका छौं । यदि गलत कुरा हुन्थ्यो भने हामिले वहाको किन सपोर्ट गर्थयौं र ? बिप्लब को गलत कुराको सपोर्ट गर्दै हिडने हामी अन्धभक्त छैनौं।हामी माक्सबादी हौं।हामी बैचारिक छौं।हामी यो देशको स्वाधिनता र मुक्ति चाहान्छौं । हामी कसै सग सति जान हिडेका होइनौं।जहा गलत हुन्छ त्यही हामी प्रतिरोध गर्छौ। इतिहासमा अनेक धोका गद्दारी घात प्रतिघात बेहोरेर त्यसको बिरुद लडन हामिले बिप्लब रोजेका हौं ।
बिप्लब कुनै नाम होइन । यो एउटा आन्दोलन हो। बिद्रोह हो। बिप्लब सबैको माग हो सबैको चाहाना हो। शासकहरुको भ्रमपुर्ण लान्छनाको पछि लागेर त्यसै बुरुक बुरुक उफ्रने मित्रहरु -कमरेड बिप्लब ले चन्दा उठाएर कुनै ब्यक्तिगत मोजमस्ती गरेका छैनन । बास्तबिकता के हो भने कमरेड बिप्लब को कोठामा ग्यास किन्ने पैसा नभएर एक हप्ता सम्म चिउरा र पानी खाएर बस्ने मध्यको साची म पनि हुं । के पत्याउनु हुन्छ? कम्मरमा सल बेरेर चर्को घाममा खुल्ला मंचमा चटपटे बेच्ने कमरेड बिप्लबको श्रीमती ले बनाएको पानीपुरी खाएर मैले धेरै भोकहरु टारेको छु ! केही वर्ष अगाडि ।
यो समय बिप्लब लाई कमजोर बनाउने समय हैन साथ दिने समय हो बिप्लब जतिको नेता हजार वर्ष पाउने छैन यो मुलुकले ! यहाको दलाल र भ्रष्ट शासकहरु सग लडने आट गर्ने एक मात्र सच्चा सपूत कमरेड बिप्लब लाई सबैले संमान गरौं। दलाल र फटाहा हरुको भ्रममा नपरौं।
यो लेख लेखकका आफ्ना जीवन्त भोगाई र प्रत्यक्ष अनुभव हरुका आधारमा लेखिएका हुन् । प्रकाशित:१७ जेष्ठ २०७६