राजनीति
पोखरा – नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । दिल्लीस्थित हैदरावाद हाउसमा शुक्रबार अपरान्ह दुई प्रधानन्त्रीबीच भेटवार्ता भएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारका अनुसारब् भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको बताएका छन् ।
प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा भाग लिन बिहीबार नयाँ दिल्ली गएका थिए । ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।