logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

३६ हजार घूससहित जनप्रतिनिधि नै प्रकाउ


  • रासस
  • शुक्रबार, जेष्ठ १७ २०७६

पोखरा- महोत्तरी जिल्ला एकडारा गाउँपालिका–४ का एक जना वडा सदस्यलाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ३६ हजार घूससहित पक्राउ गरेको छ ।

आयोगको बर्दिबास कार्यालयबाट प्रहरी नायब उपरीक्षक मधुकुमार थापा नेतृत्वको अख्तियारको टोलीले एकडारा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र राय यादवलाई ठेकेदारसँग घूस लिँदै गर्दा पक्राउ गरेको हो । सो गाउँपालिका–४ मा रु १० लाखको लागतमा निर्माण भइरहेको ‘जानकी धर्मशाला चकवा’ निर्माणमा वडा सदस्य यादवले ठेकेदारलाई घूस माग्दै निर्माणमा अवरोध गरिरहेको बेला ठेकेदारले ३६ हजार घूस दिने भएपछि वडा सदस्य यादवले निर्माण गराउन मानेको बताइएको छ ।

वडा सदस्य यादवले सो घूस रकम आफ्नो गाउँपालिकाको क्षेत्रभित्र नभएर जलेश्वर नगरपालिका–१ स्थित शलहेश चोकमा रहेको सनी किराना पसलमा लिने भनेपछि आज बिहान करिब ९ बजे अख्तियारको टोलीले सोही ठाउँबाट पक्राउ गरेको हो ।

वडा सदस्य यादवलाई आयोगको बर्दिबासको टोलीले आवश्यक कारवाहीका लागि आफूसँगै लगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार