राजनीति
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिब्युरो सदस्य भरत बम ‘रणबीर’ले राज्यले सत्ताको आडमा आफुहरुमाथि दमन गरे त्यसको जवाफमा सिंहदरबारमै बम पड्काउने चेतावनी दिएका छन् ।
कालिकोटको रास्कोटमा नेकपाले गरेको आमसभालाई सम्बोधन गर्दे नेता बमले अबको क्रान्ति गाउँभन्दा बढी सहर र काठमाडौँ मा केन्दृत हुने बताए ।
“राज्यले थोपरिरहेको युद्धका विरूद्ध हामीले का्रन्तिको नयाँ मोडेल आगाडि सारेका छौं,”उनले भने, अब जनताको घर आँगनमा हैन , दलालहरूको केन्द्र काठमाडौँ र सिंहदरबारमा लडाई हुन्छ । देश र जनताको जीवनमा परिवर्तन ल्याउने कुरा प्रधान भएको भन्दै बमले मंसिरमा घोषणा गरिएको चुनावले वास्तविक शान्ति र समृद्धि गर्न नसक्ने बताए । प्रचण्ड, बाबुरामले संसदबादी दलसँग आत्मासमर्पण गर्दै सहिदका सपनालाई बिक्री गरेको आरोप लगाउदै उनले स्वविवेकले चल्न माओवादी कार्यकर्तालाई आग्रह गरे ।
केहि दिनअघि मात्रै गृहमन्त्रालयले चुनाव बिरोधी गतिविधिमा संलग्न रहेको भन्दै विप्लवका नेताकार्यकर्तालाई नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो ।
सरकारको उक्त निर्णयको बिरोध स्वरूप विप्लवको पार्टिले कालिकोटमा शक्ति दर्शनसहित खुल्ला आमसभा गरेको हो ।
स्थानीय प्रहरी प्रशासनकै अगाडि चुनाव बिरोधि सामग्रीसहित ¥याली निकालिएको थियो