भारतका पूर्व विदेश सचिव एस जयशंकरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री बनाएका छन्।
मोदीको दोस्रो कार्यकालमा जयशंकरले विदेशमन्त्रीको जिम्मेवारी पाएका हुन्। उनको पृष्ठभूमि राजनीतिक नभइ करिअर डिप्लोम्याट हो। मोदीको पहिलो कार्यकालमा उनी विदेश सचिव थिए। २०७२ असोजमा नेपालमाथि नाकाबन्दी लगाउँदाका उनी एक योजनाकार मानिन्छन्।
यसै गरी अमित शाहलाइ गृहमन्त्री बनाइएको छ। उनी मन्त्री भएसँगै पार्टी अध्यक्षको जिम्मेवारीबाट पदमुक्त भएका छन्।
उनी मोदी गुजरातको मुख्यमन्त्री हुँदा सन् २००३ देखि सन् २०१० सम्म गुजरातको गृहमन्त्री रहेका थिए। मोदीको दोस्रो कार्यकाल विजयका लागि उनको योजना तथा रणनीति विशेष रहेको थियो।
निर्मला सितारमणले अर्थ मन्त्रालयका जिम्मेवारी पाएकी छिन्। मोदी सरकारको पहिलो कार्यकालमा गृहमन्त्री रहेका राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि रक्षामन्त्रीमा सितारमणको नाम चर्चामा थियो।
भाजपाका पूर्व अध्यक्ष नीतिड गडकरीलाई सडक यातायात मन्त्रालयका जिम्मेवारी दिइएको छ ।