logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

बिच सडकमै सवारी चालकले महिला कुटे हेर्नुस भाइरल भिडियो


  • राजनीति
  • शुक्रबार, जेष्ठ १७ २०७६

कञ्चनपुर : कञ्चनपुरमा बिच सडकमै महिलामाथि एकजना सवारी चालकले दुव्र्यवहार गर्दै कुटपिट गरेको भिडिओ समाजिक सञ्जालमा अहिले भाइरल बन्दै गैरहेको छ।

से १ ज १०९४ नम्बरको उईङगर गाडीका चालक गोकुल बोहोराले आज शुक्रबार दिउँसो जिल्ला सदरमुकाम महेन्द्रनगरको ट्राफिक चोकमा सडकमै महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

चालक बोहोराले भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै धनगढीकी लक्ष्मी धनाडीमाथि कुटपिट गरेको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक मोहनजंग बुढाथापाले जानकारी दिए।

धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको उनले बताए।

चालकले अन्य यात्रुबाट समेत बढि भाडा असुलेको बुझिएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ भने महिलाको महाकाली अञ्चल अस्पतालमा चेकजाँच भइरहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार