logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रभावशाली नेताको हत्या हुन सक्ने संकेत


  • राजनीति
  • बुधबार, कार्तिक २९ २०७४

भारतीय सुटरहरु अत्याधुनिक पेस्तोलसहित काठमाडौंदेखि पोखरासम्म पक्राउ पर्नु र नेपालको पश्चिमी भेगका चुनावी कार्यक्रममा हानिरहित रुपले गोल्टिन बट्टा बम वा गोली पड्कदैमा निर्वाचनमाथि चुनौती खडा भएको मान्न सकिएला ?
सुरक्षासम्बन्धी जाकारका अनुसार यी त स्यालले चील आयोभनेर कुखुरा टिपेजस्तै उल्लु योजना हुन सक्छन् ।

सैनिक स्रोतका अनुसार नेपालमा छिमेकी राष्ट्रबाट अत्याधुनिक हतियारसहितका तालिमप्राप्त सुटरहरु भित्रिएका छन् ।
उनीहरुको मुख्य रणनीति चुनाव बिथोल्ने र यसका लागि भरसक वाम गठबन्धनको उच्चस्तरका नेतालाई र नसकेमा कुनै पनि पार्टीका नेतामाथि धावा बोलने हो ।
यस्ता घटना घटाईसकेपछि पार्टीभित्रै रहेको अर्को पक्ष वा विरोधीमाथि दोष थोपरेर वास्तविक योजनाकार र दोषीलाई उम्काउने खेल पनि हुन लागेको सुरक्षासम्बद्ध स्रोतको अनुमान छ ।
मदन भण्डारी मुलुकलाई प्रभावशाली नेतृत्व प्रदा गर्ने हैसियतका नेताको रुपमा उदाउँदै गर्दा हत्याकाण्ड घट्यो र यसको दोष पार्टीभित्रकै मानिसमाथि थोपरी घटनालाई रहस्यमय बनाईयो ।
राजा विरेन्द्रले सबैलाई समेटेर लाने तयारी भईरहेकै बेला दरबार हत्याकाण्ड घटाईयो र दोष भाई ज्ञानेन्द्रमाथि लगाईयो ।
यहीबेला नेपालको गृह मन्त्रालय करिब नेतृत्वबिहिन छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा आफैले लिएको भनिएको मन्त्रालय कर्मचारीले चलाईरहेका छन् । राजनीति किचलोले थिलथिलो भएको नेपाल प्रहरी एउटा छिमेकी देशको दुतावासबाट बढी प्रभावित भएको आरोप छ ।, यो खबर आज प्रकाशित जन आस्था साप्ताहिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार