logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

धुर्मुस र स्थानिय बिच पहिलो चरणको वार्ता यस्तो भयो सहमति


  • राजनीति
  • शनिबार, जेष्ठ १८ २०७६

चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भत्काइएको अस्थायी पर्खाल स्थानीयको सहभागितामा निर्माण हुने भएको छ । शुक्रबार राती धुर्मुस–सुन्तली फाउण्डेशन र स्थानीय पाँच टोल विकास संस्थाका प्रतिनिधिबीच भएको वार्ताले विवाद साम्य पारेको हो । वार्तामा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरेसमेत सहभागी थिए ।

उनीहरुले रंगशाला निर्माणमा स्थानीयलाई पनि साथमा लिएर अद्दि बढ्ने प्रतिबद्धता जनाएका छन् । रंगशालाको दक्षिणतर्फको बाटो फराकिलो पार्ने सन्दर्भमा फाउण्डेशनले पनि पहल गर्ने धुर्मुसले प्रतिबद्धता जाहेर गरेका छन् । अब स्थानीयकै सहभागीतामा जस्तापाताको अस्थायी पर्खाल पुनः निर्माण गरी रंगशाला निर्माण कार्य सुचारु गराउने फाउण्डेशनको तयारी छ ।

बाटो फराकिलो पार्ने योजना अन्यौलमै रहेका बेला बस्ती बिस्थापित हुनेगरी रंगशालाको पर्खाल लगाइएको भन्दै प्रभावित स्थानीयले डोजर लगाएर जस्तापाताको पर्खाल भत्काइदिएका थिए । त्यसपछि यो विषयलाई लिएर देशभर तंरग उत्पन्न भएको थियो । रंगशालाको पर्खाल भत्काउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १६ जनालाई पक्राउ समेत गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार