राजनीति
कुनै पनि बलिउड नायिकाभन्दा कम छैनन् शाहिद कपुरकी श्रीमती मिरा राजपुत स्टाइलको मामलामा। मुम्बई एयरपोर्टमा हातमा जुत्ता लिइरहेको अवस्थामा हालै उनलाई भेटिएको छ । अहिले निकै चर्चित भएको छ मीराको यो तस्बिर । सोसल मिडिया प्रयोगकर्ताले नाङ्गो खुट्टा हिँडेकोमा उनलाई निकै ट्रोल गरिरहेका छन् ।
मीराको यो तस्बिर दिल्लीबाट मोदीको शपथ ग्रहण समारोहबाट फर्किरहेका बेलाको हो । मुम्बई एयरपोर्टमा उनीसँग शाहिद पनि देखिएका छन् । मीरा नाङ्गो खुट्टा हिँडिरहेकी छिन् ।
कतिले ड्रामा बताए त कतिले समर्थन गरेः
मिराको यो फोटो चर्चामा आएलगत्तै उनी ट्रोलर्सको निशानामा आएकी छिन् । कतिले उनको यो कदमलाई रुचाए भने कतिले उनको निकै आलोचना पनि गरे ।
यस्ता कमेन्ट आएः
एक प्रयोगकर्ताले लेखे, ‘यो यात्राका लागि मीराले स्लिपर वा फ्ल्याट चप्पल लगाउनुपर्दथ्यो । यिनी कति मुर्ख । के उनी समाचारमा आउन चाहन्थिन् ? सर्वसाधारण पनि थाक्छन् तर उनीहरु कहिले पनि यसरी हिँड्दैनन् । लज्जा, नाटक ।’