राजनीति
पोखरा- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ छेस्कामस्थित प्रहरी चौकी कब्जा प्रयास गरेको छ।
आइतबार राति करिब ३० जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले प्रहरी चौकी कब्जा प्रयास गरेका हुन्। तर, विप्लव कार्यकर्ताबारे सूचना पाएका प्रहरीले चौकी छाडेर अन्यत्र गएपछि कुनै घटना हुन नपाएको सुरक्षा स्रोतले जनाएको छ। मध्यराति १२ बजेको समयमा विप्लवका कार्यकर्ता चौकीमा पुगेका थिए। विप्लवका कार्यकर्ता चौकीतर्फ आउँदै गरेको सूचना पाएपछि ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएर बसेको खुलेको छ। प्रहरी नभेटेपछि उनीहरू बिहान ३ बजेसम्म चौकी आसापासकै क्षेत्रमा बसेका थिए। तर, सोलुखुम्बुस्थित सुरक्षाअधिकारीहरूले यसको स्वतन्त्र पुष्टि गर्न अस्वीकार गरेका छन्।
दुर्गम उक्त क्षेत्रमा अहिले टेलिफोन सेवा अवरुद्ध छ। गुदेलमा सञ्चालित साना जलविद्युत् अवरुद्ध हुँदा टेलिकमको रिपिटर टावरले काम गर्न नसकेको हो। त्यहीकारण महाकुलुङ क्षेत्रमा फोन सम्पर्क हुन सकेको छैन। विप्लवका कार्यकर्ता त्यही मौकामा प्रहरी चौकी कब्जाका लागि पुगेको स्रोतले जनाएको छ। सदरमुकामदेखि करिब २५ कोस टाढा रहेको उक्त गाउँ विकट मानिन्छ। त्यहाँ सडक नभएकाले सवारीसाधन पुग्न सकेको छैन। विप्लवले चौकी कब्जा प्रयास गरेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठक बसिरहेको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले बैठक चलिरहेकाले पछि मात्रै सूचना दिने बताएका छन्। प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली त्यस क्षेत्रमा हेलिकोप्टरबाट पुगिसकेका छन्।
विस्तृत जानकारी अझै आउन बाँकी छ। यसअघि पनि त्यस क्षेत्रमा विप्लवका कार्यकर्ता हतियारसहित आउने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
थाहा खबरले लेखेको छ।
पार्टी भित्र ध्वंस र अपराधपुर्ण कार्य गरेकोले कार्वाही गरिएको हो : प्रकाण्ड
नेकपाका प्रवक्ता प्रकाण्डले निलम्बित पार्टी पोलिट्ब्युरो सदस्य पदम राईलाई सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको जानकारी दिएका छन् । आइतबार विज्ञप्ति प्रकाशित गरी उनले उक्त जानकारी दिएका हुन् । विज्ञप्तीमा आन्तरिक रुपमा ध्वस र अपराध गरेको कारण उनलाइ कार्वाही गरेको उल्लेख गरिएको छ
प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘रूपान्तरण र उपचारको अथकप्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समिति बैठकले निलम्बन गरेकापदम राई झन्झन् पार्टीकाविरुद्ध अन्तर ध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले पार्टी साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको छ ।’
प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘क्रान्तिको कठिन तर महान् प्रक्रियामा टिक्न नसकेका कैयौँ कचराहरू पलायनहुने क्रान्तिको अनिवार्य नियमहो र हाम्रो पार्टीका सन्दर्भमा पनि त्यो त्यत्तिकै सत्य हो ।’
विज्ञप्तिमा भनिएको छ, ‘नेपालका सर्वहारा वर्ग, श्रमिकतथा उत्पीडित जनसमुदायको अग्रदस्ता हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा वैज्ञानिक समाजवादीक्रान्तिनिरन्तर अगाडि बढिरहेको छ । यो भीषण र पेचिलो सङ्घर्ष पुँजीपतिवर्ग र सर्वहारा वर्गकाबीचको दुई विश्वदृष्टिकोणको लडाइँ पनि हो । यो लडाइँमा सामाजिक दलाल फासिवादी वली–प्रचण्ड मण्डलीको सरकारले दमनका सबै हर्कत जारी राखेको छ । तरयो दलाल पुँजीपतिवर्गको प्रतिनिधि सरकार जनताबाट अलग–थलग बन्दै गएको छ ।’
अगाडि भनिएको छ, ‘पार्टीबाट पलायन भएर, कारबाहीमा परेर सामाजिक दलाल पुँजीपति सरकारको मतियार बनेका तत्वहरूको भ्रममा नपर्न तथा सचेत रहन सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायमा अपिल गरिन्छ ।’ विज्ञप्तिकाे पूर्णपाठ….

विप्लवका ब्युरो ईन्चार्ज माइला लामा खोज्दै प्रहरी, को हुन ऊनी ?

सरकारका गृहमन्त्री रामबहादुर थापा “बादल”ले नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गर्न निर्देशन दिएका छन् ।
बादलले गत जेठ १३ गते नेकपाले आव्हान गरेको नेपाल बन्द सफल बनाउने उदेश्यले राजधानीका विभिन्न स्थानमा राख्न तयार गरिएको विस्पोटक पदार्थ बनाउने कार्यको नेतृत्वको लामाले गरेको भन्दै पक्राउ गर्न ठाडो आदेश दिएका हुन् ।
काठमाडौं सीतापाइलामा बस्दै आएका लामाको नेतृत्वमा तयार गरिएको भनिएको विस्पोटक पदार्थ बन्दको अघिल्लो दिन प्राविधिक कारणले विस्पोट भएको र त्यस क्रममा ४ जना नेकपा कार्यकर्ताले ज्यान गुमापछि गृहमन्त्री बादलले लामाको खोजि गर्न निर्देशन दिएको बताइएको छ ।
माओवादी आन्दोलनको सास्कृतिक मोर्चाका लोकप्रिय नेता तथा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष थिए लामा । उनी जनयुद्धमा सास्कृतिक मोर्चामा रहेको भएता पनि विभिन्न कार्वाहीमा सहभागी बन्ने क्रममा आफ्ना अंगहरु गुमाएका छन । शान्ति प्रक्रिया सगै पहिलो संविधान सभा निर्वाचनमा काठमाडौ ५ बाट उम्मेदवारी दिएका थिए । यद्यपि निकै झिनो मतले पराजित भएका थिए । पार्टी विभाजनपछि वैद्य हुँदै विप्लव नेकपामा ब्युरो इन्चार्ज सम्म भएका उनि थुप्रैपटक हिरासतमा परिसकेका छ्न । हाल लामाले राजधानीको उपत्यकाको जिम्मेवारी लिएको जानकारी भएसँगै प्रहरीले उनलाई निशाना बनाएको स्रोतको दावी रहेको छ ।
राजधानीको दुई स्थानमा गत जेठ १२ गते भएको विस्पोटमा नेकपाका ४ जना कार्यकर्ताले ज्यान गुमाएका थिए भने १३ गते उपत्यकाका विभिन्न स्थानमा बम फेला परेको थियो ।