logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सोलुका सिडियो भन्छन ‘विप्लवले चौकी आक्रमण गर्ने प्रयास गरेको छैन’


  • राजनीति
  • सोमबार, जेष्ठ २० २०७६

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चौकी कब्जा गर्न लागेको भन्ने समाचार सबै हल्ला मात्र भकेओ प्रमुख जिल्ला अधिकारीले बताएकाछन । चौकी आक्रमण गर्न आएको भन्दै समाचार आए पछि उनको यस्तो बताएका हुन ।

एक अन्लाइन सग टेलीफोनमा कुरा गर्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले भनेकाछन ‘यहा केहि पनि भएको छैन,समाचारमा आएका सबै झुट  हुन ,प्रहरी माथी कसैले आक्रमण गरेको छैन ।’ समाचारमा आए जस्तो ब्यापक प्रहरीले परिचालन पनि नभएको बताएकाछन ।

यो पनि पढ्नुहोस

सोलुखुम्बुको महाकुलुङमा रहेको प्रहरी चौकीमा गएराति नेकपाका केही कार्यकर्ताले आक्रमण गर्न लागेकाे खबर फैलाइएकाे थियाे । गाउँमा १५/१६ जनाकाे संख्यामा नयाँ मान्छे देखिएपछि उनीहरु चाैकी नै आक्रमण गर्न आएकाे हुनसक्ने भन्दै प्रहरीहरु सबै चाैकी छाेडेर भागेकाे बताइएकाे छ । तर, त्यहाँ कुनै केही घटना नभएकाे बताइन्छ । महाकुलुङमा गएराति विप्लवका कार्यकर्ता देखिएकाे हल्ला फैलिएपछि आजै साेलुखुम्बु जिल्ला सुरक्षा समितिकाे बैठक पनि बसेकाे बताइएकाे छ ।

हिजाे राति त्यस्ताे हल्ला चलाएर आज बिहान भने ठूलाे मात्रामा सुरक्षाकर्मी काठमाडाैं र विराटनगरबाट त्यस ठाउँमा हेलिकाेप्टरबाट अाेसारिएकाे छ । यसलाइ धेरैले अनेक आशंका गरेका छन् । नेपाली सेनाकाे हेलिकाेप्टरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे विशेष टाेली साेलुखुम्बु पठाउनु अघि आजै गृहमन्त्रालयमा विशेष बैठक पनि बसेकाे बुझिएकाे छ ।

तर प्रहरीले यति ठूलो संख्यामै सुरक्षाकर्मी किन परिचालन गर्नुपर्यो भन्ने केही बताएको छैन । यति ठूलो संख्यामा सुरक्षाकर्मी राजधानीबाट सोलुखुम्बु लगिनुलाई केहीले कतै ठूलो नक्कली भिडन्त गर्न खोजिएको वा मनोवैज्ञानिक त्रास उत्पन्न गर्न खोजिएको हुनसक्ने विश्लेषण पनि कतिपयले गरेका छन् ।

केही दिन अघि मात्र भाेजपुरकाे जंगलमा नक्कली भिडन्त देखाएर नेकपाका एक जना कार्यकर्ताकाे हत्या गरिएकाे थियाे । भाेजपुरकाे एक जंगलमा ठूलाे संख्यामा विप्लवका सेना जम्मा भएकाे र त्यहाँ सुरक्षाकर्मी पुग्दा भएकाे भिडन्तमा तिर्थराज घिमिरे नाम गरेका एक कार्यकर्ता घाइते भएकाे प्रहरीले दावी गरेकाे थियाे । तर, पछिल्लाे दिन उनकाे धरान अस्पतालमा निधन भएकाे थाहा भएकाे थियाे

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार