logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

नेपालमा महाभूकम्प आउँछ भन्दै आतंक फैलाएको आरोपमा ज्यो. अर्जुन प्रहरी खोरमा


  • राजनीति
  • मंगलबार, जेष्ठ २१ २०७६

पोखरा- नेपालमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन कुमार थापा क्षत्रीले प्रहरी समक्ष अनुमानको भरमा भूकम्पको भविष्यवाणी गरेको बयान दिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले अनुमानको भरमा क्षत्रीले देशमा विनाशकारी भूकम्प आउने भविष्णवाणी गरेको बयान दिएको बताए ।

क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार दिउँसो गौशाला क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।

सिनामगंलमा काशी विश्वनाथ रत्न प्रा।लि। कार्यालय सञ्चालन गर्दै आएका क्षत्रीलाई ज्योतीष महासंघले ज्योतिषहरुमाथि नै आँच आउने गरी जथाभावी बोल्दै हिँडको भन्दै कारबाही गरिसकेको थियो । सो कुरा प्रहरी अनुसन्धानबाट पनि खुल्न आएको प्रवक्ता बोगटीले जानकारी दिए ।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । युट्युबमार्फत क्षत्रीले जेठ २९ भित्र देशमा भूकम्प नआए आफू जेल जान तयार रहेको समेत बताएका थिए ।

पक्राउ परेका क्षत्रिमाथि विपद् जोखिम व्यवस्थापन ऐन २०७४ अन्तर्गत ६ महिना कैद र १ लाख जरीवाना हुनसक्ने बताइएको छ ।

क्षत्रीले आफूलाई ज्योतिष भनेर यसरी चिनाएका थिए

पक्राउ परेका क्षत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर पहिलोपटक आफूलाई युवा ज्योतिष भन्दै चिनाएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

विस्तारै–विस्तारै जथाभावी बोल्न थालेपछि क्षत्रीलाई महासंघले कारबाही गरी निलम्बन गरेको ज्योतिष कमल पौडेल बताउँछन् ।

ज्योतिष पौडेलका अनुसार क्षत्रीले केही युट्युब च्यानलहरु किनेर आफूलाई ज्योतिष भनेर चिलाउन अन्तर्वार्ता लिन लगाएको समेत आरोप लगाए । पौडेलले भने, ‘ज्योतिष क्षेत्रमा धावा बोल्ने जो कसैलाई पनि कारबाही हुनपर्छ ।’

ज्योतिष पौडेलले भने, ‘जन्म मिति र जन्म स्थानको आधारमा मात्र भविष्यवाणी गर्न सकिन्छ । कसैले कसैको अनुहार हेरेर भविष्यवाणी गर्न सकिन्न ।’

पक्राउ परेका ज्योतिष भनिने क्षत्रीले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदा आफूलाई अमेरिकाले एक लाख डलर अफर गर्दा समेत नगएको बताएका छन् ।

यो पनि पढ्नुहोस्ः–

भविष्यवाणी फेल भएपछि ज्योतिषी अर्जुन क्षेत्री तनावमा ? रविको विहे भयो देश छोड्लान त ?

भविष्यवाणी गर्दै चर्चामा आएका युवा ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी फेल भएपछि उनी तनावमा परेका छन् । एक युट्युब च्यानललाई दिएको अन्तरवार्तामा ज्योतिषी क्षेत्रीले २०७५ सालभित्र रबि लामिछाने र निकिता पौडेलको कुनै हालतमा विवाह हुँदैन भनेर ठोकुवा गर्दै भविष्यवाणी गरेका थिए ।

तर क्षेत्रिले भविष्यवाणी गरेका कुराहरु एक हप्ता बित्न नपाउँदै फेलभएपछि उनी तनावमा परेका हुन् । उनले बोलेका धेरै कुराहरूलाई सामाजिक सञ्जालमा मजाकको रूपमा उडाइएको छ । उनले बोलेका भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ । समसामयिक विषयमा विभिन्न अभिव्यक्ति दिएर चर्चामा आइरहने क्षेत्रीले उक्त अन्तरवार्ताको क्रममा वर्तमान समयका विभिन्न विषयहरुमा अनेकौ भविष्यवाणी गर्दै रवि र उनकी प्रेमिका निकितासँग बिहेको सम्भावना नभएको बताएका थिए । तर उनको अन्तर्वार्ता युट्युबको ट्रेण्डिङमा परिरहेको बेला यता रविले निकितासँगै कानुनी रूपमा काठमाडौं जिल्ला अदालतमा विवाह गरेपछि उनको भविष्यवाणी फेल खाएको हो ।

लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेका हुन् । रवि र निकिता लामो समयदेखि प्रेममा थिए । तर, सार्वजनिकरुपमा आफूहरुबीचको प्रेम स्वीकार गरेका थिएनन् । निकतासँग बिहे गर्नकै लागि रवीले आफूलाई डिभोर्स दिएको उनकी पूर्वपत्नी ईशा श्रेष्ठले आरोप लगाउँदै आएका थिए । उनले लगाएको आरोप सत्य सावित भएको छ । निकिताले पनि उनको पूर्वपतिसँग डिभोर्स गरेका थिए ।

सोमबार फेसबुकमा स्टाटस लेखेर रवीले निकितासँग विवाह गरेको जानकारी दिएका थिए । उनले एक–अर्काको परिवार, आफन्त र नातागोताको छलफल तथा अनुमतिमा काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरेको बताएका छन् । ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर, हामी दुवैप्रति जसरी मानसिक यातना हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक–अर्काको निकै खाँचो र्पयो । हामी समस्त दर्शक शुभचिन्तक, परिवार इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छौं आशिर्वाद ।’

उनीहरु आउने वैशाखमा परम्परागत रुपमा विवाह गर्ने पनि बताएका छन् । आफूहरु दुवै जना यो निर्णयबाट खुशी रहेको रविले बताएका छन् । उनले सुखद दाम्पत्य जीवनको लागि शुभकामनाको चाहना राखेका छन् । रवि र निकिता चाबहिलमा एउटै अपार्टमेन्टमा बस्ने गर्थे । उनीहरु लिभिङ टुगेदरमा रहेको कतिपयको आशंका थियो । तर, उनीहरुले आफूहरु फरक फरक फ्ल्याटमा बस्ने गरेको बताएका थिए । निकितासँग बिहेसँगै रविको काँधमा तीन परिवारको जिम्मेवारी आएको छ । उनले पूर्वपत्नी ईशा र उनीतर्फका दुई छोरीहरुको सम्पूर्ण जिम्मेवारी लिने गरी सम्झौता गरेका छन् । यस्तै उनको एक विदेशी महिलासँग सम्वन्ध भएर एक छोरा छ ।

ती महिलाले छोरालाई दिदीको जिम्मा लगाएर अर्कै पुरुषसँग बिहे गरेकी छन् । यता निकिताको पूर्वपतिका तर्फबाट एक छोरी छिन् । आवश्यक पर्दा ती छोराको जिम्मेवारी पनि रविले लिर्नुपर्ने अवस्था छ । रविकी पूर्वपत्नी ईशाले केही दिनअघि एक अनलाईनमा अन्तरवार्ता दिदैँ रविलाई चौंथो सम्वन्धका लागि शुभकामना दिएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार