राजनीति
नेपाल कम्युनिष्ट पार्टीको बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन र जिल्ला कमिटीको इञ्चार्ज सह-इञ्चार्ज तोक्ने बारेमा निर्णय लिन नसक्दा फेरी सरेको छ।
नेताहरुबीच सहमति हुन नसकेपछि निर्णय हुन नसकी बैठक नै स्थागित भएको हो । जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्ज तोक्नेबारे नेताहरुबीच मापदण्डमा नै सहमति हुन नसक्दा निर्णय हुन नसकेको हो ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र इश्वर पोखरेल मन्त्री, सांसद रहेकालाई पनि जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्ज बनाउनु पर्ने पक्षमा रहेका छन् माधव नेपालसहितका नेताहरु दोहोरो जिम्मेवारी दिन नहुने भनेपछि निर्णय हुन नसकेको एक नेताले बताए । यता,अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायका केही नेताहरु भने बीचमा देखिएका छन् ।
यसैमा सहमति नजुट्दा केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि पछि धकेलिएको ती नेताको भनाइ छ ।
मंगलबारको बैठकमा निर्णय हुन नसके पनि बुधबार पुनः बैठक बस्ने छ । बुधबार बस्ने बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्जको टुंगो लगाईने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनुभयो ।
सहमति जुटाउन भन्दै आजै दुई पटकसम्म बैठक बसेको थियो