logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सातै प्रदेशका मुख्यमन्त्रीलाई रामकुमारी झाँक्रीले लगाए यस्तो आरोप


  • राजनीति
  • मंगलबार, जेष्ठ २१ २०७६

पोखरा- प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न नसकेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले आरोप लगाएका छन् । संघीय सरकारले बजेट कम दियो भनेर आलोचना नगर्न पनि प्रदेश सरकारलाई सचेत गराए । सांसद झाँक्रीले प्र्देश सरकारले पूँजीगत खर्च समेत गर्न नसकेको भन्दै आरोप लगाएका छन।

मंगलबार काठमाडौंमा आयोजित ‘बजेटमा युवा बहस’ कार्यक्रममा बोल्दै उनले आफू काम नगर्ने तर संघीय सरकारले संघीयतालाई कमजोर बनायो भन्ने छुट प्रदेश सरकारलाई नरहेको पनि स्पष्ट पारिन् । कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसद प्रकाश रसाइलीले सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने गरी बजेट ल्याउन नसकेको बताए ।

उनले युवाहरुलाई परिचालन गरेर देश बनाउने अभियानमा सरकार क्रियाशील नभएको दावी पनि गरे । सांसद रसाइलीले युवाहरुलाई स्वदेशमै परिचालन गर्न सके मात्रै मुलुक समृद्धिको बाटोमा अग्रसर हुने स्पष्ट पारे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार