राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले कपिलवस्तु प्राविधिक प्रतिष्ठान पिपरा,कपिलवस्तु स्थित कालाे ब्यानर टाँसि साँकेतिक चेतावनी दिएको छ ।
उक्त संगठनले बिगतमा भएको भएको सहमति कार्यवन्यन गर्नुपर्ने,सिटिईभिटी अन्तर्गतकाे नियावलि पालना गरि कलेज संचालन गर्नुपर्ने,बिद्यार्थीहरु संग लिएको अनावश्यक रकम फिर्ता गर्नुपर्ने,बिद्यार्थीलाई दिएको मानसिक तथा शारीरिक यातना राेक्नुपर्ने र कलेजमा संचालन हुदै आएकाे क्यान्टिनमा जङ्गफुड खाना निषेधित गर्दै सुधार गर्नुपर्ने भन्दै अखिल(क्रान्तिकारी) कपिलवस्तु जिल्लाकाे आयोजनामा संगठनकाे केन्द्रीय निति अन्तर्गत लुम्बिनी अंचल समितिकाे निर्देशनमा उक्त ब्यानर राखिएको संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिति संयाेजक विरेन्द्र विकले जानकारी दिएकाछन ।

संगठनले राखेका माग पुरा नगरे कडा कार्वाहीका साथ संगठन संघर्षमा उत्रने चेतावनी दिदै बिकले बिद्यार्थीको सेवासुबिधा खोस्ने कसैलाइ नछोड्ने बताएकाछन । कपिलवस्तु प्राबिधिक प्रतिस्ठान पिपरा,कपिलवस्तुका डारेक्टर अरुण पाण्डेलाई सम्पर्क गर्न खाेज्दा सम्पर्कमा आउन चाहेनन । उक्त कलेजका डाईरेक्टर प्रदेश नम्बर ५ का Ctevt अध्यक्ष पनि हुन ।