logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

उत्तर कोरियाको अमेरिकालाई चेतावनीः धैर्यको बाँध टुट्नुअघि कुराकानीका सही तरिका अपनाउ


  • एजेन्सी
  • बुधबार, जेष्ठ २२ २०७६

उत्तर कोरियाले आफूमाथि लागेको प्रतिबन्धको विषयमा अमेरिकालाई एकपटक पुनः धम्की दिएको छ । कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार सरकारले वासिङ्टनसँग कुराकानीका लागि सही कूटनीतिक प्रक्रिया अपनाउनुपर्ने बताउँदै यसो नगरे आफ्नो धैर्यताको बाँध फुट्ने चेतावनी दिएको छ ।

केसिएनएले उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै भन्यो, ‘अमेरिकाले आफ्नो आँकलनको तरिका परिवर्तन गर्नुपर्छ ताकि हामी गत वर्ष जूनमा भएको पहिलो भेटघाटको सम्झौता स्थापित गर्न सकौँ । अमेरिकाले पछिल्लो एक वर्षमा हाम्रो सम्बन्धमा आएको परिवर्तन हेर्नुपर्छ र चाँडै नै आफ्नो नीतिमाथि निर्णय लिनुपर्छ नभए निकै ढिला हुनेछ किनभने धैर्यताको पनि एउटा सीमा हुन्छ ।’

प्रतिबन्ध हटाएको बदलामा निरस्त्रीकरणका लागि राजी भएको थियो उत्तर कोरिया

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनको पहिलो ऐतिहासिक भेट सिंगापुरको सेन्टोसा द्वीपस्थित कापेला होटलमा भएको थियो । यी दुईबीच करिब ९० मिनेट कुराकानी भयो । यसमा ३८ मिनेट नीजि कुराकानी पनि भएको बताइन्छ । यसमा ट्रम्पले किमलाई पूर्ण परमाणु निरस्त्रीकरणका लागि राजी गराएका थिए । यसका लागि दुई नेताले एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि उत्तर कोरियाले कुनै परमाणु परीक्षण गरेनन् जबकी यसअघि किमले हाइड्रोजन बमसमेत ६ परमाणु परीक्षण गरिसकेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार