पोखरा- मोरङको विराटनगरस्थित कोइराला निवासबाट सरकारले सुरक्षाकर्मीको युनिट हटाएको छ ।
दुई दशकदेखि सशस्त्र प्रहरीको एक टुकडीले मातृका, बीपी र गिरिजाप्रसाद कोइरालालगायत देशलाई विभिन्न समय तीन प्रधानमन्त्री दिने निवासलाई सुरक्षा दिँदै आएको थियो ।यदपी भने अहिले सबै युनिट घटेको छ।
नेपाली प्रजातान्त्रिक आन्दोलन र काँग्रेसको इतिहासको धरोहरका रूपमा कोइराला निवासलाई लिने गरिन्छ । नीय प्रहरी–प्रशासनले भने सुरक्षा युनिट फिर्ताको निर्णयबारे स्थाअनभिज्ञता जनाएको छ । यसअघि सशस्त्र प्रहरीका असईको नेतृत्वमा १४ जनाले निवासको सुरक्षा गर्दै आएका थिए ।
‘स्थानीय प्रशासनले सशस्त्र प्रहरीको टुकडीलाई हटाएको होइन । गृह मन्त्रालयले हटाएको होला । यसबारे हामीलाई केही पनि थाहा छैन ।’ मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी भन्छन्,
निवासकी सहयोगी लक्ष्मी सुवेदीले भनिन्, ‘गत बिहीबार सशस्त्र प्रहरी सरकारले फिर्ता बोलाएको भन्दै सामान लिएर हिँडेपछि निवास सुरक्षाविहीन भएको छ । अहिले साँझ पर्ने साथ हामी घरको मुल गेटमा ताला लगाएर बस्ने गरेका छौँ ।’ सशस्त्र प्रहरीको युनिट हटाइएपछि निवासमा हाल सुरक्षाका लागि कोइराला परिवारका सहयोगी लक्ष्मीसहित चार जना बस्दै आएका छन् ।
‘निवासका कुनै पनि कोठामा कहिल्यै साँचो लाग्दैनथ्यो । लक्ष्मीले भनिन्, ‘प्रहरी हटाएपछि आमा नोना, गिरिजाबाबु र अहिले शेखर कोइरालाले प्रयोग गर्ने कोठामा साँचो लगाइएको छ ।’
यो निवासलाई काँग्रेस र अन्य राजनीतिक दलका नेता र कार्यकर्ताले ऐतिहासिक धरोहरका रूपमा लिँदै आएका छ । काँग्रेसका कतिपय नेताहरू विराटनगर आउँदा यही निवासमा अझै पनि बस्ने गर्छन् । मुलुकका विभिन्न भागबाट विराटनगर घुम्न र शैक्षिक भ्रमणमा आउने टोली एकपटक यो निवासमा पुगेकै हुन्छन् । कोइराला निवास संग्राहलय जस्तो छ । घुम्न पुग्नेहरूका लागि सधैँ खुला छ ।
कोइराला निवास
विश्वेश्वर, मातृका र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीका रुपमा उक्त निवासबाट उदाएका थिए । अहिले निवास नोना कोइरालाका छोरा तथा काँग्रेसका केन्द्रीय सदस्य शेखरले प्रयोग गर्दै आएका छन् । कृष्णप्रसादको नासोका रूपमा मानिएको निवास र यसको जग्गा जमिन नोना र गिरिजाप्रसादको निधनपछि पारिवारिक अंशबण्डाका कारण पहिलेभन्दा केही खुम्चिएको छ ।
निवासको दक्षिणपट्टि रहेको आफ्नो भागमा परेको ८ कट्ठा जमिन बीपीका सन्तान प्रकाश, शशांक, श्रीहर्ष र छोरी चेतनाले बिक्री गरेपछि तिनमा अहिले व्यापारिक भवन निर्माण गरिएका छन् ।
निवासको उत्तरपट्टिको जमिन तारिणीप्रसाद कोइरालाको भागमा परेको छ । पूर्वपट्टिको जमिन गिरिजाप्रसादकी छोरी काँग्रेस नेतृ सुजाताको भागमा परेको छ । आफ्नो भागको जग्गामा उनले भवन निर्माण गर्न लगाएर जीपी फाउन्डेसनको कार्यालय राखेकी छन् । पुरानो निवासको स्वामित्व हाल केशव–नोनापुत्र डा। शेखर र नीरञ्जनको नाममा छ ।
किन हटाइयो ?
सुरक्षा युनिट फिर्ता गर्न गृह मन्त्रालयको पत्र आएको सशस्त्र प्रहरी प्रवक्ता डीआइजी सुरजकुमार श्रेष्ठले बताए ।
‘दिवंगत उच्चपदस्थका घरबाट सेक्युरिटी युनिट फिर्ता बोलाएर नियमित काममा लगाउनु भन्ने परिपत्र छ,’ उनले भने, ‘त्यसअनुसार अरू ठाउँमा पनि हामीले सुरक्षा दिएका युनिटलाई व्यवस्थापन गर्दै लैजान्छौँ ।’
यदपी सरकारले यही बर्ष तत्कालिन मालेका महासचिव मदन भण्डारीको नाउँमा करौडो रकम भने फाउण्डेसनको नाउँमा दिएका छन। केही समय अघि मात्रै पनि प्रम ओली स्व रबिन्द्र अधिकारी प्रतिस्ठानको उद्घाटन गर्दै १ करोड रुपैया अनुदान घोषणा गरे।
प्रजातान्त्रिक आन्दोलनको केन्द्र मानिएको विराटनगरको ‘कोइराला निवास’ को सुरक्षार्थ खटिएका सुरक्षाकर्मी हटेपछि निवासको सुरक्षार्थ विराटनगर महानगरपालिकाले आफनै नगर प्रहरी खटाएको छ । महानगरले तत्काल तीन जना नगर रक्षक खटाएको जनाएको छ ।

सरकारले कोइराला निवासबाट सुरक्षाकर्मी हटाए संगै विराटनगर महानगरले आफ्ना नगररक्षक खटाएको छ, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भन्नुभयो आज मंगलबारदेखि लागू हुनेगरी नगर रक्षक खटाउने निर्णय भएको छ । अर्काे सुचना नभएसम्मका लागि ३ जना नगर रक्षक खटाइएको उहाँले बताउनुभयो ।
यसअघि सरकारले विशिष्ट व्यक्तिको निवासमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि कोइराला निवासका सुरक्षाकर्मी फिर्ता बोलाइएको थियो । एकै परिवारका तीनजना भाइहरु विश्वेश्वर प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र मातृकाप्रसाद कोइराला पूर्वप्रधानमन्त्री भएको निवास, प्रजातन्त्रको उदगम स्थल रहेको निवासबाट सुरक्षाकर्मी हटाइएको भन्दै कांग्रेसले विरोध गरेको थियो ।
विराटनगरको कोइराला निवासमा खटिएका सुरक्षाकर्मी हटाइएको विषयमा नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको थियो । प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सोमबार एक विज्ञप्ति प्रकासित गरी कोइराला निवास व्यक्तिको मात्र नभएर प्रजातान्त्रिक आन्दोलनमा विश्वास राख्ने सबैको साझा भएको स्पष्ट गरेका छ्न ।
उहाँले निवासमा पुनः सुरक्षाकर्मीको युनिट राखिनुपर्ने कांग्रेसको धारणा भएको पनि बताउनुभएको थियो । कार्कीले प्रजातन्त्रिक आन्दोलनको सुरुवात गर्ने निवासबाट हठात निर्णय गरेर सरकारले सुरक्षाकर्मी फिर्ता गर्नु उचित नभएको जनाएको छ ।
कोइराला निवासमा २०५४ सालमा माओवादीले परिसरको पछाडिको भागबाट बम प्रहार गरेपछि त्यहाँ सुरक्षा सशस्त्र प्रहरीको युनिट स्थापना गरिएको थियो । तर, गृहमन्त्रालयले पत्राचार गरी पूर्वविशिष्टका निवासबाट सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएसँगै बिहीबारदेखि नै सुरक्षाकर्मी हटेका थिए ।
पिताजी कृष्णप्रसाद कोइरालाको नासोको रुपमा रहेको विराटनगरको कोइराला निवास भने सन्तानहरुमा अंशबन्डा भएपछि भने केही खुम्चिएको छ । दक्षिणपट्टीको आफ्नो भागमा परेको ८ कठ्ठा जमिन बीपी पुत्रहरु प्रकाश, डा। शशांक, श्रीहर्ष र छोरी चेतनाले बिक्री गरेपछि त्यहाँ नयाँ व्यापारिक भवन निर्माण भएका छन् ।उत्तरपट्टीको जग्गा तारिणीप्रसाद कोइरालाको भागमा परेको थियो ।
जसमध्ये केही जग्गा छोरा ज्योतिले बिक्री गरिसकेका छन् । पूर्वपट्टिको जमिन गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाताको भागमा परेको छ । यसको चार कठ्ठा जग्गा जीपी फाउन्डेसनलाई दिएर त्यहीं भवन निर्माण गरिएको छ ।