राजनीति
पोखरा- पोखरामा एकैदिन दुई जनाको शव भेटिएको छ । बुधबार बेगनास ताल र फेवातालमा दुई पुरुषको शव भेटिएको प्रहरीले जानकारी दिएको छ। बेगनास तालमा भेटिएका अन्दाजी ६५ वर्षीय पुरुषको हालसम्म पहिचान खुलेको छैन।
यता फेवातालमा मृत भेटिनेमा सिन्धुपाल्चोकको बाणें गाँउ घर भएका २७ वर्षीय थबिन्द्र कोईराला रहेका छन् । उनको शव गौरीघाटस्थित रत्न मन्दिरको गेटअगाडी तालमा तैरिरहेको अवस्थामा भेटिएको हो । दुवै घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
३२ करोड लागतमा पोखरा–याङ्जाकोट सडक पक्की बन्दै
कास्की जिल्लाको पूर्वी भेगमा अवस्थित मादी गाउँपालिकाको केन्द्र याङ्जाकोटलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने सडक पक्की गरिने भएको छ ।
पोखरा महानगरपालिका–१३ को विजयपुर खोलादेखि भैँसे, तारकाङ हुँदै याङ्जाकोटसम्म गण्डकी प्रदेश सरकारको रु ३२ करोडको लागतमा सो सडक निर्माण गरिने भएको हो ।
क्रमागतरुपमा निर्माण गरिने साढे १५ किलोमिटर लम्बाइको सो सडक आर्थिक वर्ष २०७६७७ विजयपुर खोलादेखि तारकाङसम्मको ११ किलोमिटर र बाँकी आगामी आवमा निर्माण सम्पन्न गरिने गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।
ढलसहितको दोहोरो मार्गको सो सडक निर्माणसँगै पालिकाको केन्द्र पोखरासँग जोडिने बताउँदै उनले गाउँपालिकाको पहिलो प्राथमिकतामा सडक रहेको धारणा राखे । गाउँपालिकाका १२ वटै वडालाई सडक सञ्जालसँग जोड्ने अभियानअन्तर्गत ग्रामीण सडकको स्तरोन्नतिका साथै नयाँ ट्रयाक खोल्ने कार्यलाई तीव्रता दिइएको छ ।
प्रदेश सरकारको रु ५० लाख बराबरको आर्थिक सहयोगमा याङ्जाकोट, तोगी, भाचोक, मिजुरे, नागिधार, पाख्रीकोटसम्मको नयाँ ट्रयाक खोल्ने कार्य शुरु गरिएको छ । नयाँ सडक निर्माणसँगै पर्यटकीय गाउँ ताङतिङ र सिक्लेस सडक यातायातसँग जोडिनेछ ।