राजनीति
विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । ललितपुरमा रहेको फुर्के डाँडा प्रा।वि।का प्रधानाध्यापक रामनारायण यादव पक्राउ पर्नेमा हुन । उनीले कक्षा ३ मा पढ्ने बालिकालाई कक्षामा कोही नभएको वेला दुर्व्यवहार गरेको परिवारको आरोप छ ।
घटनालाई गाउँमै मिलाउन खोजिएपछि प्रहरी वृत्त, चापागाउँमा उजुरी पुगेको थियो । महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले पीडित र पीडक पक्षलाई राखेर बुझ्ने काम भइरहेको बताए ।
उनले अनलाइनखबरसँग भने, ‘गाउँमै केश मिलाउन आँटिएको रहेछ । हामीले अनुसन्धानका लागि ल्याएका हौं ।’