logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ब्राजिलियन स्टार नेमार जुनियरले कोपा अमेरिका नखेल्ने पक्का


  • राजनीति
  • बिहिबार, जेष्ठ २३ २०७६

ब्राजिलियन स्टार नेमार जुनियरले कोपा अमेरिका नखेल्ने पक्का भएको छ।

इते भएपछि नेमारले यसै महिनाको १४ तारिखबाट सुरु हुने कोपा अमेरिका नखेल्ने भएका हुन्। नेमार नखेल्ने राष्ट्रिय टोलीका प्रशिक्ष टिटेले पुष्टि गरेका हुन्।

बुधबार राति ब्राजिल र कतारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भएको थियो। त्यस खेलमा ब्राजिलले कतारमाथि २–० को जित त निकाल्यो। तर आफ्नो स्टार नेमार गुमायो।

नेमार नखेल्ने भएपछि यसले टोलीलाई धक्का पुग्ने टिटेले बताएका छन्। उनले भने,‘नेमारको प्रतिस्थापन हाम्रो टोलीमा छैन।’

खेलको १७ औं मिनेटमा खुट्टाको जोर्नीमा चोट लागेका उनलाई मैदान बाहिर लग्नु परेको थियो। ब्राजिलबाट नेमारको कप्तानी हालै खोसिएको थियो।

घाइते भएरै सकिने भो नेमारको करियर !

नेमार सन् २०१४ को विश्वकपमा समेत घाइते भएका थिए। नेमार क्वाटर फाइनलमा घाइते भएपछि सेमिफाइनलमा जर्मनीले ब्राजिललाई ७–१ को अन्तरले पराजित गरेको थियो।

सन् २०१८ को विश्वकपमा पनि नेमार घाइते थिए। घाइते भएता पनि नेमारले सबै खेल खेले। तर ब्राजिलको यात्रा क्वाटर फाइनलमा टुंगियो। बेल्जियमले ब्राजिललाई २–१ ले हरायो।

त्यस ताका नेमारको खुट्टाको औंलाका हड्डीमा समस्या थियो। उनी प्रत्येक खेलमा धेरै लडेपछि उनको ट्रोल बनेको थियो।

यस सिजन फ्रान्सेली क्लब पीएसजीका नेमार ३ महिना आराममा बसे। उनको खुट्टाको जोर्नीमा समस्या भएको थियो। कसैले किल्चिए अथवा थोरै खुट्टामा लाग्दासमेत उनी घाइने हुन्छन्।

कुनै समय नेमार मेस्सी र रोनाल्डोसँग तुलाना हुन्थे। सन् २०१५ मा बालुन डि’ओरका लागि उनी छनौट समेत भएका थिए।

नेमारले मेस्सी र रोनाल्डोलाई विस्थापित बनाउने विश्लेषण हुन्थ्यो। तर यतिबेला नेमारको खेल जीवन घाइते भएरै सकिने विश्लेषण गरिन्छ। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार