logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

लोकसेवा आयोगले गरेको विज्ञापन संविधान विपरीत – जनार्दन शर्मा


  • राजनीति
  • शुक्रबार, जेष्ठ २४ २०७६

पोखरा – स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन संविधान विपरीत भएको नेकपाका सांसद जनार्दन शर्माले बताएका छन् ।

उनले यसलाई तत्काल स्थगीत गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्ने माग समेत गरेका छन् ।

शुक्रबार बसेको समितिको बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले लोकसेवाको विज्ञापन संविधान अनुसार नभएको र संविधान मिचेको धारणा राखे ।

‘यसरी विज्ञापन गरेर संविधानमाथि नै प्रहार भयो । यो कुरा गर्दा निर्णय गर्नेहरुलाई चित्त दुख्ला । तर विषय चित्त दुख्ने र नदुख्ने भन्ने होइन,’ शर्माले बैठकमा भने ।

नेता शर्माले लगातार संविधान मिच्दै अगाडि बढेको भन्दै यस्ता क्रियाकलापले संवैधानिक अराजकता सिर्जना हुने बताए । ‘यसैका कारण संवैधानिक आयोगकै विरोध हुन थाल्यो । यही हो संवैधानिक अराजकता । यसले राष्ट्रलाई संकटमा पर्छ,’ शर्माको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार