राजनीति
आज बि.स. २०७६ साल ज्येष्ठ २५ गते शनिबार इश्वी सन् २०१९ जुन ८ तारीख ज्येष्ठ शुक्लपक्ष पञ्चमी तिथी ०५ः२१ बजे सम्म पश्चात षष्ठी तिथी अश्लेषा नक्षत्र ब्याघात योग योग कौलव करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा मानस योग सुर्य उत्तरायण ग्रीष्म ऋतु कुमार षष्ठी भ.पु. चण्डीभगवतीयात्रा सिथिनख ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ । तपाईको मान सम्मानमा ठेस पुग्नेछ । पारीवारिक मनोरञ्जन का क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेकोछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्र तथा दाजु भाई हरुको साथ सहयोग ले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन् । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नेत्र सम्बन्धि समस्याले सताउन सक्छ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आक्समिक धनलाभ हुने योग रहेको छ । यात्रा आम्दानि मुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोग ले नयाँ कार्यको थालनि हुन सक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन् । पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला । मित्रजन हरुको प्रशन्नताका निम्ती सामान्य खर्च हुने योग रहेको छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनु होला । तपाईको बोलिको कारण आफन्तजन हरु रुष्ट रहन सक्छन । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रु सबल रहनेछन् । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउनु होला ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झन्भट आईपर्ला । स्वास्थमा गडबढि रहनसक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ ।