logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अभिभावकत्व प्रचारमात्रैः प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व


  • पत्रपत्रिका
  • शनिबार, जेष्ठ २५ २०७६

मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे ।

आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देस्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरेले सिको गरे । राराकै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम लामाको अभिभावकत्व ग्रहण गरिन् ।

तर, विडम्बना, प्रधानमन्त्री स्वयंले अभिभाकत्व ग्रहण गरेकी बालिका ठिन्ले ज्यान जोखिममा राखेर पढाइ खर्च जुटाउन अहिले यार्सा खोज्न उच्च हिमाली पाटन पुगेकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार