logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

माथिल्लो कर्णालीको कार्यलयमा ‘वम विस्फोट’ क्षतिको बिवरण यस्तो छ


  • राजनीति
  • शनिबार, जेष्ठ २५ २०७६

दैलेख , माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम बिस्फोट भएको छ । अछाम र दैलेखको सिमा क्षेत्रमा रहेको असाराघाटमा रहेको कार्यालय मा गए  राती ०२ बजे अज्ञात समुह द्वारा बम विष्फोट गरिएको छ ।

विष्फोटमा कार्यालय को एउटा मोटरसाईकल ध्वस्त भएको छ भने , कार्यालय भवन समेत क्षति पुगेको छ । बिस्फोट बाट अन्य के कति क्षती भएको छ भन्ने  पुर्ण विवरण आउन बाकी नै छ ।
माथिल्लो कर्णाली जलबिद्युत आयोजनामा पटकपटक बिस्फोट हुदै आएको छ । यसअघि २०७४ माघ २७ गते उक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालयमा भएको बम विस्फोटपछि आयोजनाको काम रोकिएको छ । त्यसबखत ड्याम साईट आसपास प्रभावित स्थानमा परेका जंगलका रुखहरु काट्ने तयारी भैरहेको थियो । तर, बम प्रहारपछि ती कामहरु रोकिएका छन् ।

घटनाको अनुसन्धान भइरहेको छ। घटनामा संलग्न समूहको खोजीका लागि ठूलो मात्रामा प्रहरी परिचालन गरेको बताइएको छ ।

९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजना भारतीय कम्पनी जिएमआरलिई दिइएको भन्दै बिद्रोही नेपाल कम्युनिष्ट पार्टीसहितले बिरोध जनाउदै आएको छ ।

सन २००८ मा गोलोवल टेण्डर मार्फत उत्कृष्ठ कम्पनीका रुपमा भारतिय कम्पनी जिएमआरले पाएको थियो । सन् २०१३ बाट पीडीए वर्ता सुरु भई सन् २०१४ पीडीएमा हस्ताक्षर भएको माथिल्लो कर्णाली जलविद्यूत परियोजनाले विद्युत उत्पादन सन् २०२१ बाट सुरु गर्ने पीडीए सम्झौतामा उल्लेख छ ।

विद्यूत उत्पादन सुरु भएको २५ वर्षमा आयोजना संञ्चालन भएकै अवस्थामा सन् २०४६ मा कम्पनीले नेपाललाई हस्तान्तरण गर्ने पनि उल्लेख छ । तर नेपालीले आफ्नै लगानीमा बनाउन सक्ने आयोजना कमिसनको खेलमा भारतीयहरुलाई सुम्पिएको भन्दै बिरोध भैरहेको छ ।

उत्पादन क्षमताको विषयमा स्थानीयवासी स्तरमा बिवाद त्यतिकै छ भने भारतलाई आयोजना सुम्पेको प्रती राजनीति हिसावले नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका दलहरुले बिरोध गर्दै आएका छन ।
फाइल तस्वीर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार