राजनीति
संसदिय ब्यवस्थाको विकल्पका लागि भन्दै स्थानिय ,प्रदेश र प्रतिनिधि सभाको निर्वाचन खारेज अभियान सन्चालन गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओम प्रकाश पुन ‘निर्माण’ संग राजनीति ब्युरोले पछिल्लो राजनीतिक गतिविधि बारेमा गरिएको छोटो कुराकानी ।

१. बम बुथमा भन्दा बाटोमा धेरै पड्किए नि ?
अब बुथमा पनि पड्किन्छन् ।
२. तपाईंको पार्टीको बिरोधको बावजुत पनि पहिलो चरणको निर्वाचन त सपन्न भयो नि ?
नाममात्रको भयाे,याे पुर्ण रुपम असफल भैसकेको छ ।
३. देशै भरी पड्किएका बम तपाईंहरुका मात्र छन कि अरु पनि मिसिएका छ्न ?
मिसिएको नमिसिएको भन्ने नै हैन, याे हाम्रो आब्हानमा भएको जनताको प्रतिरोध हाे ।
४. अब दोस्रो चरणको चुनावमा नेकपा के गर्छ ?
निरन्तर सशक्त खारेजी नै गर्छ ।
५. सरकार सग बार्ता र छलफलको कुनै संभावना देख्नुहुन्छ ?
हाललाइ संभावना छैन र त्यसको अर्थ पनि छैन ।
६. के तपाईंको पार्टीले युद्धको घोषणा गरेको हो ?
हैन, बरु दलाल राज्यले अघाेषित गृहयुद्ध थाेपरेकाे छ र हामीले त्यसको प्रतिरोध गरिरहेका छाै ।