पाेखरा । नेत्रबिक्रम चन्द नेकपा नेतृत्वको भातृ संगठन अनेरास्ववियु ( क्रान्तिकारी ) कास्की जिल्ला कमिटी काे बैठकमा प्रहरीले बैठक स्थल घेरा हालि नेकपा कास्की जिल्ला सेक्रेटरी सहित २२ जना गिरफ्तार गरेकाे छ।
कास्कीको अन्नपूर्ण गाउपालिका वाडा न ११ मा अखिल क्रान्तिकारी कास्की जिल्ला कमिटी र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटी को समयुत्त बैठक बसिरहेको स्थल मा प्रहरी ले घेरा हाली कास्की जिल्ला सेक्रेटरी सहित २२ जना लाई गिरफ्तार गरि पोखरा ल्याउने तयारी गरिरहेको खबर प्राप्त भएको छ। दिउँसो चार बजे बैठक स्थल मा प्रहरी अकस्मात प्रबेस गरि घेरा हालेर राखेको बताइएको छ।
गिरफ्तार पर्नेहरुमा नेकपा पर्नेहरुमा कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारि आक्रोश , नेकपा कास्कीका युवा नेता परिवर्तन ,अखिल क्रान्तिकारी गण्ड्क ब्युरो समयोजक एब केन्द्रिय सदस्य मिलन राइ, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ ,अखिल क्रान्तिकारी पि एन जिल्ला अध्यक्ष प्रकाश बास्तोला, पि एन जिल्ला उपाध्यक्ष आस्था नेपाली ,बिद्यार्थी नेता एब सहिद पुत्र सुजन सापकोटा लगाएत २२ जना रहेेेेका छन्। यति एकै पटक यति ठूलो मात्रामा टिम नै घेराबन्दी मा पर्नुले घटना लाई थप रहस्यमय बनाएको छ।