पोखरा- पोखराको जिरो किमीमा राति डिभाइडरमा ठोक्किएर कार दुर्घटना भएको छ ।दुर्घटनामुक्त बनाउन भन्दै डिभाइडर राख्ने काम भइरहेको बेला उल्टै डिभाइडरको कारण दुर्घटना भएको हो।
दुर्घटना नहोस् भन्नका लागि राखिएको डिभाइडरमै ठोक्किएर शनिबार राति होटल ताराको कारमा क्षति पुगेको हो । चालकको अवस्थाबारे थाहा हुन सकेको छैन । विस्तृत विवरण आउन बाँकी ।
तस्विर : राजा शाही
क्रान्तिकारीका नेता मिलन राइ सहित २२ गिरफ्तार

सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी ) कास्कीकाे बैठकमा प्रहरी ले हस्तक्षेप गरि अखिल (क्रान्तिकारी ) का केन्द्रीय सचिवालय सदस्य तथा गण्डक क्षेत्रीय समन्वय समितिका संयाेजक सहित २२ जना नेतालाई प्रहरीले शनिबार साझ गिरफ्तार गरेकाे छ।
क्रान्तिकारीकाे कास्की जिल्ला कमिटी काे बैठक बसिरहेका बेला बैठक स्थल घेरा हालि उनिहरुलाइ गिरफ्तार गरिएकाे हाेे। ( क्रान्तिकारी ) कास्की जिल्ला कमिटी काे बैठकमा प्रहरीले बैठक स्थल घेरा हालि नेकपा कास्की जिल्ला सेक्रेटरी पनि गिरफ्तार परेका छन्।
कास्कीको अन्नपूर्ण गाउपालिका वाडा न ११ मा अखिल क्रान्तिकारी कास्की जिल्ला कमिटी र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटी को समयुत्त बैठक बसिरहेको स्थल मा प्रहरी ले घेरा हाली कास्की जिल्ला सेक्रेटरी सहित २२ जना लाई गिरफ्तार गरि पोखरा ल्याइएकाे छ ।
शनिबार दिउँसो चार बजे बैठक स्थल मा प्रहरी अकस्मात प्रबेस गरि घेरा हालेर राखेको बताइएको छ। गिरफ्तार पर्नेहरुमा नेकपा पर्नेहरुमा कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारि आक्रोश , नेकपा कास्कीका युवा नेता परिवर्तन ,अखिल क्रान्तिकारी गण्ड्क ब्युरो समयोजक एब केन्द्रिय सदस्य मिलन राइ, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ ,अखिल क्रान्तिकारी पि एन जिल्ला अध्यक्ष प्रकाश बास्तोला, पि एन जिल्ला उपाध्यक्ष आस्था नेपाली ,बिद्यार्थी नेता एब सहिद पुत्र सुजन सापकोटा लगाएत २२ जना रहेेेेका छन्। यति एकै पटक यति ठूलो मात्रामा टिम नै घेराबन्दी मा पर्नुले घटना लाई थप रहस्यमय बनाएको छ। पछिल्लो समय नेकपा बिरुद्ध सरकार व्यापक दमनमा उत्रिएको छ।