राजनीति
दमौली – शुक्लागण्डकी-२ गाछेपानीस्थित सडकमा भएको सवारी दुर्घटनामा परी घाइते साइकलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग १ ख ७१७८ नं। को टिपरले बाटो काट्ने क्रममा शुक्लागण्डकी- ४ दुलेगौडा निवासी २१ वर्षका कमल विकलाई ठक्कर दिंदा उनी घाइते भएका थिए।
ढाड र बायाँ हातमा चोट लागेका उनको तनहुँ सेवा अस्पताल दुलेगौंडामा उपचारपश्चात थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपर र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।