logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बलिउड गायिका नेहा कक्करको ठमेल कन्सर्टका आयोजक पक्राउ


  • राजनिती न्युज डेस्क
  • आइतबार, जेष्ठ २६ २०७६

पोखरा- पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरेलाई नियन्त्रणमा लिएको छ। प्रहरीले भारतीय गायिका नेहा कक्करको काठमाडौं प्रस्तुतीमा हल क्षमताभन्दा बढी टिकट बिक्री गरेको अभियोगमा सञ्चालक दीपक घिमिरेलाई नियन्त्रणमा लिएको हो।

अन्तर्राष्ट्रिय अतिथि गायिकाको सुरक्षा समेत ख्याल नगरी अत्यधिक टिकट बिक्री गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घिमिरेलाई नियन्त्रणमा लिएको हो।

शनिबार लर्ड अफ ड्रिंक्स क्लबमा नेहाले शनिबार प्रस्तुति दिएकी थिइन्। क्लबको सबै स्थानमा मान्छेको घुइँचो रहे पनि त्यत्तिकै युवा टिकट लिएर बाहिर बसेका थिए।

‘क्षमताभन्दा बढी टिकट विक्री गरेका रहेछन्,’ परिसरका डिएसपी होविन्द्र बोगटीले भने ‘कलाकारको सुरक्षा मिलाउनै अप्ठेरो हुने ब्यवस्थापन थियो।’

घिमिरेले प्रस्तुति हेर्न नपाएकाहरुको टिकटको रकम फिर्ता गर्ने बाचा गरेका छन्। प्रहरीलाई समेत सुरक्षा मिलाउन भिडका कारण हम्मेहम्मे परेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार