logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रम ओलीको फ्रान्समा भ्रष्टाचारले बदनामी कमाएको कम्पनीसँग स्याटेलाइट खरिद सम्झौता गर्ने


  • पत्रपत्रिका
  • सोमबार, जेष्ठ २७ २०७६

विश्व बैंकले भष्टाचार आरोपमा कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग सरकारले नेपालको स्याटेलाइट खरिद सम्झौता गर्ने भएको छ ।

तीन महिनाअघि समझदारीको हस्ताक्षर भइसकेको यो कम्पनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणको क्रममा सम्झौता गर्ने तयारी छ ।

हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पादन गर्ने थेल्स ग्रुपको पृष्ठभूमि विवादास्पद भएको कान्तिपुर दैनिकमा खबर छापिएको छ । यता सञ्चारमन्त्री गोकुल बास्कोटाले कम्पनीको क्षमतामाथि शंका गर्नुपर्ने ठाउँ नरहेको प्रतिक्रिया दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार