logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा फुस्रेखोलामा एकै दिन”माछा मार्न गएकी युवतीको मृत्यु,पौडी खेल्ने क्रममा युवा वेपत्ता”


  • राजनिती न्युज डेस्क
  • मंगलबार, जेष्ठ २८ २०७६

पोखरा- फुस्रे खोलामा डुबेर माछा मार्न गएकी एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १७ डेबिटफल्स नजिकै काउसेघारी स्थित फुस्रेखोलामा माछा मार्न भनि गएकी घारीपाटन बस्ने २४ वर्षीया युनिसा गुरुङको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएकी गुरुङलाई मृत अवस्थामा फेला पारिएको हो । प्रहरीले खोजतलाश गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ ।

यसै गरी sohee dina दोभिल्ला स्थित फुर्सेखोलामा पौडी खेल्ने क्रममा एक युवा वेपत्ता भएका छन्।काठमाण्डौ घर भइ हाल चिप्लेढुंगा पोखरामा बस्दै आएका १९ बर्षीय संजिव तामाङ पौडी खेल्ने क्रममा सोमबार दिउँसो देखि वेपत्ता भएको आफन्तले जनाएका छन्।

आफ्ना साथीहरुसंग सोमबार दिउसो करिव ३ बजेको समयमा पौडी खेल्न फुर्सेखोलामा पुगेका तामाङ पौडी खेल्ने क्रममा साझा ५ बजे एकाएक वेपत्ता भएसंगै उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार