पोखरा,- महिलाहरुको मात्रै नेतृत्व रहने गरी पोखराको वडा नं १५ रामबजारस्थित रामबजार महिला एकता टोल विकास संस्था सावित्री थापाको अध्यक्षतामा गठन भएको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर टोलमा रहेका विजुलीका १० वटा खम्बामा फूल सहितको गमला राखेर मनाएको छ। गमला राख्ने कार्यक्रमको उद्घाटन वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले गरेका थिए । उद्घाटनपछि बोल्दै अध्यक्ष पौडेलले टोल सफा राख्न यस्ता रचनात्मक कार्यक्रम आवस्यक रहेको बताएका छन। साथै उनले महिलाहरुमात्रै जागरुक भई गठन गरिएको टोल विकास संस्थाले आगामी दिनमा अझै रचनात्मक कार्यत्रमहरु गर्ने विश्वास व्यक्त गरे ।
नवगठीत टोल विकास संस्थाका अध्यक्ष सावित्री थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरिता गुरुङले स्वागत मन्तव्य राखेकी थिईन् ।
