logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दार्चुलाको एक बिधालयमा दुखद घटना:जिर्ण सेफ्टी ट्याङ्की भासिएर चार विद्यार्थीको मृत्यु


  • राजनीति
  • मंगलबार, जेष्ठ २८ २०७६

दार्चुला- दार्चुलामा बिधालयको सेफ्टी ट्याङ्की भासिँदा चार जना बालबालिकाको मृत्यु भएको छ। नौगाढ गाउँपालिका ४ स्थित गणेश विनायक माध्यमिक विद्यालयको । ग्राउन्डमा रहेको शौचालयको सेफ्टी ट्याङ्की भासिँदा चार विद्यार्थी बालबालिकाको मृत्यु भएको हो।

अपराह्न करिब चार बजे सेफ्टी ट्याङ्कीमाथि खेलिरहँदा ट्याङ्की भासिएको थियो र सो घटनामा चार बालबालिकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले बताए।

मृत्यु हुनेमा कक्षा २ मा पढ्ने ८ वर्षकी निरुता ठगुन्ना, कक्षा २ मै पढ्ने ८ वर्षकी अनिसा धामी, कक्षा १ मा पढ्ने ६ वर्षका सुधीर धामी र बाल कक्षामा पढ्ने वर्ष ५ की युनिका ठगुन्ना छन् । अपरान्ह ४ बजेतिर खेल्दै विद्यालय पुगेका उनीहरु पुरानो शौचालयको खाल्डोमा खसेका थिए। अभिभावकले छोराछोरी घर नआएपछि खोज्ने क्रममा खाल्डोमा खसेको अवस्थामा भेटेका थिए।

विद्यालयका शिक्षक जगतसिंह चैसिरले खाल्डोमा खसेका चारै जना विद्यार्थीको शव खाल्डो बाहिर निकालिएको बताए। ‘पुरानो शौचालयको खाल्डोमा बालबालिका परेछन्। खाल्डोमा पानी थिएन तर निस्सासिएर उनीहरुको मृत्यु भयो,’ उनले भने, ‘खाल्डो छोप्ने सिमेन्टको ढक्कन थियो त्यो पनि खाल्डोमा खसेछ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार