नवलपरासीको एक विद्यालयको बसले आफ्नै एक विद्यार्थी बालिकाको किचेर ज्यान लिएको छ । पुर्वी नवलपरासीको गौडाकोट नगरपालिका–१६ स्थित युनिक ईङ्गलिस बोर्डिङ्ग स्कुलकी कक्षा ६ कि ११ वर्षीया बालिका बिनिता पौड्यालको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय पुर्व नवलपरासीले जनाएको छ ।
विद्यालयबाट बसले टोल–टोलमा पुर्याउन जाने क्रममा पौने पाँच बजेको समयमा उनको ग १ क ३६१० नम्वरको बसले किचेर उनी गम्भीर घाइते भएको र चितवन मेडिकल कलेज भरतपुरमा उनको अहिले साँझ उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
बालिकाको घर सोही नगरपालिका–१६ अमरपुरीमा रहेको र चालकले गिएर लगाउने क्रममा उनलाई किचेको र चालक फरार रहेको बताईएको छ । फरार चालकको खोजीकार्य जारी छ ।