logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

काे हुन धनिराम ( डिआर )पाैड्याल ? हेर्नुस् संंक्षिप्त जिवनी


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३१ २०७६

पूर्वमन्त्री तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य डिआर पौडेलको मृत्यु भएको छ । पौडेलको मृत्युको खबर सोही पार्टीका अर्का केन्द्रीय सदस्य तथा गृहमन्त्री थापाका स्वकीय सचिव सूर्य सुवेदी पथिकले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।

पथिकले पौडेलको मृत्यु ह्दयघातका कारण चितवनमा निधन भएको जानकारी दिएका छन् । पौडेल यसअघिको मन्त्रीमण्डलमा शिक्षामन्त्री थिए । उनी चितवनमा लोकपृय तथा इमानदार छवि बनाएका नेता हुन् ।

सम्क्षिप्त जिवनी

धनिराम (डि.आर.) पौडेल
बुबा – हरिप्रसाद पौडेल आमा – हिमादेवी पौडेल
श्रीमति – गंगा बेलबासे
जन्म :- बि.सं.२०२२ कार्तिक ४
जन्मस्थान :- दरौ गा.वि.स., कुन्चेवारी, स्याङ्जा
– २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो । मोहनबिक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को बिद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गर्नुभएका उहाँ २०३९मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तात्कालिन नेकपा (एकताकेन्द्र) विभाजन पछि अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजक समेत चुनिनुभएको थियो ।

२०४२ सालमा नेकपा (चौम) को सदस्यता लिनुभएका उहाँ २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य हुनुभएको थियो । २०४७ सालमा माडीको सितलपुरमा भएको एकता महाधिवेशनका प्रतिनिधि समेत रहनुभएका उहाँ अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । २०५१ को पार्टी विभाजन पछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिनुभएका उहाँ, त्यस यता लगातार पार्टीको केन्द्रीय समितिमा रहँदै आउनु भएको थियो । बिगतमा लामो समय उहाँले पार्टीको बैचारिक मुखपत्र जनएकता साप्ताहिकको सम्पादक भई पत्रकारिता समेत गर्नुभएको थियो ।

तात्कालिन नेकपा (एकताकेन्द्र मसाल) र तात्कालिन नेकपा (माओवादी)सँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी)को केन्द्रीय सदस्य भएर र पछि पोलिट्व्युरो सदस्य भएर निरन्तर क्रियाशिल रहनुभएका उहाँले पार्टी संगठनमा पुर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै दोस्रो संविधानसभामा सभासद र शिक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयवाट स्नातक, शहीद स्मृति क्याम्पस चितवनवाट आईए र माडी माविवाट एसएलसी गर्नुभएका स्व. पौडेलका दुई छोरी छन् । सादा र सरल जीवनशैली अपनाउँदै आउनुभएका पौडेलले हाल स्व. दिवाकर भुसालको स्मृति पुस्तकको सम्पादन गरिरहुनुभएको थियो । उहाँको आज बिहान करीब ७ बजे हृदयघातका कारण निधन भएको हो l

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार