logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ठमलेमा ठेकेदारमाथि छुरा प्रहार गर्ने गुण्डा लाजिम्पाटबाट पक्राउ


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३१ २०७६

ठमेल, लाजिम्पाट र दरबारमार्ग एरियालाई आधारक्षेत्र बनाएर गुण्डागर्दी आएका टोलेगुण्डा सुदीप गुरुङलाई महानगरीय प्रहरी परिसरको विशेष टोलीले लाजिम्पाटबाट पक्राउ गरेको छ ।

गत जेठ ११ गते दोलखाका ३२ वर्षीय ठेकेदार टासी शेर्पामाथि ठमेल ग्वार्कोपाखामा छुरा प्रहार गरेको आरोपमा गुरुङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । ३३ वर्षीय गुरुङ काठमाडौं महानगरपालिका–२ लाजिम्पाट सकुनामार्ग बस्दै आएका थिए ।

गुरुङ पक्राउ परेको पुष्टि गर्दै परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले गुरुङमाथि ज्यान मार्ने उद्योगमा १३ पटक मुद्दा चलेको र पटक–पटक पक्राउ परेको जानकारी दिए ।

‘२०६१ सालदेखि गुण्डागर्दी सुरु गरेका गुरुङ पहिलोपटक पक्राउ परेर सेन्ट्रल जेल चलान भएका थिए,’ प्रवक्ता बोगटीले भने, ‘जेलभित्र पनि झगडा गरेका कारण गुरुङलाई ५ वटा जेलमा सारिएको थियो ।’

झगडा गरेका कारण गुरुङ सेन्ट्रल जेलबाट, भद्रगोल जेल, डिल्लीबजार कारागार ‘क’, डिल्लीबजार कारागार ‘ख’ हुँदै रसुवा जेल पुगेका प्रवक्ता बोगटीको भनाई छ ।

२२ महिनासम्म एउटै मुद्दामा जेल बसेका गुरुङ अन्तिमपटक रसुवा जेलबाट छुटेका थिए । पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नक्कली पेस्तोल देखाई पैसा असुली गरेको अभियोगमा गुरुङलाई प्रहरीले एक वर्षअघि पक्राउ गरेको थियो । उनले त्यसबेला नक्कली पेस्तोल देखाई नयाँ बसपार्क, सामाखुसी, बसुन्धारा क्षेत्रका सर्वसाधारण, व्यापारी र होटेल व्यवसायीबाट पैसा असुलेको प्रहरीले जनाएको थियो ।

 

रातोपाटी बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार