आज बि.स. २०७६ साल ज्येष्ठ ३२ गते शनिबार इश्वी सन् २०१९ जुन १५ तारीख ज्येष्ठ शुक्लपक्ष त्रयोदशी तिथी बिशाखा नक्षत्र सिद्धि योग गर करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा शुभ योग सुर्य उत्तरायण ग्रीष्म ऋतु ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्थान परीर्वतनको योग रहेकोछ । गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न गराउन सक्नेछ । आम्दानि क्षेत्रभने मध्यम रहने समय रहेकोछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
ब्यपार ब्यवसायका क्षेत्रमा अधिक लगानि नगरेकै बेश हुनेछ । पारीवारिक सम्बन्धमा सामान्य तनाबको सामाना गर्नु पर्नेछ । शारिरीक ढिलासुस्तीका कारण कार्य क्षेत्रमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । सामाजिक कार्यमा अगाडि बढ्दा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभचिन्तक हरुको साथ सहयोगमा अधुरा कार्यहरु सहजता पुर्वक सम्पादित रहनेछन । मित्रजनहरु सगँको भेटघाटले तात्कालिन यात्राको योग बन्नेछ । प्रतिश्पर्दा जन्य कार्यका क्षेत्रमा दिन उत्तम रहेकोछ । देश बिदेशको यात्राको योग रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रियजनहरु सगँको भेटघाटमा मन हर्षित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिनेछ । अध्यन अध्यापनमा भने शारीरिक आलस्यताले सताउन सक्नेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्नाले आम्दानि तथा मान सम्मानमा समेत बृद्धि गर्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परीवारजनहरु सगँ भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मन हर्षित तुल्याउने खालका खवरको श्रबण हुने समय रहेकोछ । गरीरहेका कार्यका क्षेत्रमा बिशेष जिम्बेवारी निर्वाह गर्नु पर्नेछ । नयाँ लगानिको प्रतिफल सामान्य ढिलो हुने हुदा साबधानि अपनाउनु पर्नेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कार्यक्षेत्रमा बिशेष जिम्बेवारी बहन गर्नुपर्ने समय रहेकोछ । अध्यन अध्यापनमा खर्चीएको समय उत्तम रहनेछ । आम्दानिका श्रोतहरु मजबुत तुल्याउन तत्कालिन कार्यहरु फाईदा मुलक साबित रहनेछ । मित्रजनहरु सगँ ब्यतित गरीएको समय बिशेष यादगार साबित रहन सक्नेछन ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
ब्यपार ब्यवसायमा अधिक लगानि नगरैकै बेस रहनेछ । आफ्नो सामान्य लापरवाहिले तपाईका माल सामानहरु गुम्न सक्ने सम्भाबना रहेकोछ । यात्राका कारण सामान्य चोटपटकाको सामना गर्नु पर्ला । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कार्यक्षेत्रमा लगाईएको लगनसिलताको कदर रहने समय रहेकोछ । मान्यजनहरु सगँको भेटघाट निकै फाईदामुलक रहनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । ब्यपार ब्यवसायमा नयाँ लगानिको महसुस रहने समय रहेकोछ । अध्यन अध्यापनमा समय मध्यम ब्यतित रहनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परीवारका सदस्यहरु बाटँ भएको महसुस हुनेछ । आफन्तजनहरुको बहकावमा परी सामान्य धनराशि खर्च हुन सक्ने समय रहेकोले बिशेष साबधानि अपनाउनु पर्नेछ । तपाइ द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले सहजरुपमा प्राप्त गर्नेछन । यात्रामा साबधानि अपनाउनु उत्तम रहनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हातपरीसकेको धन राशि अनयासै टाढिन सक्ने सम्भाबना रहेकोले कार्य क्षेत्रलाई गोप्य राख्नुनै उत्तम रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा खचिएको समय उत्तम रहनेछ । कला कौशलको प्रयोगमा अब्बल स्थान प्राप्त रहनेछन । कार्य क्षेत्रमा बिभिन्न अवसर प्राप्त रहेतापनि उत्साहजन्य समय नरहला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक कार्यमा अगाडि बढ्दा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । मान्यजनहरु सगँको भेटघाट निकै फाईदामुलक रहनेछ । खुशिको खवरको श्रबणले मनलाइ निकै हर्षित तुल्याउन समय रहेकोछ । गरीरहेका कार्यका क्षेत्रमा बिशेष जिम्बेवारी निर्वाह गर्नु पर्नेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तपाइको सरल मिजासका कारण तपाइ द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले सहजतापुर्णढंगले लिन सक्नेछन । धार्मिक कार्यका क्षेत्रमा सामान्य लगानि हुन सक्ने समय रहेकोछ । मनोरञ्जन तथा मनोबिलासिताका सामान खरिदका निम्ती अधिक खर्च गर्नु पर्ने समय रहेको छ ।