logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सरकार र अख्तियारले टेर्दैन सर्वोच्चको आदेश


  • पत्रपत्रिका
  • शनिबार, जेष्ठ ३२ २०७६

देशमा सुशासन कायम गर्ने जिम्मा लिएको सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै न्यालयको आदेश उल्लंघनमा अगाडि देखिएका छन् ।

सर्वोच्चले सार्वजनिक सरोकार सम्बन्धित मुद्दामा विभिन्न मन्त्रालयका नाममा आदेश दिए पनि २० वर्षसम्म कार्यान्वयन नभएका उदाहरण छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मात्रै कार्यान्वयन गर्नुपर्ने यस्ता मुद्दा २३ वटा छन् ।

अन्य १९ मन्त्रालय, राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा सर्वोच्चले दिएको आदेश पनि कार्यान्वयन भएका छैनन् ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगर्नेमा गृहमन्त्रालय सबैभन्दा अगाडि रहेको छ । गृहमन्त्रालयले २९ वटा आदेश कार्यान्वयन गरेको छैन भने वनमन्त्रालयले २५ तथा प्रधानमन्त्री तथा परिषद्ले २३ वटा फैसला कार्यान्वयन गरेको छैन । स्वास्थ्य मन्त्रालयले १८, नेपाल राष्ट्र बैंकले २ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ वटा आदेश कार्यान्वयन गरेका छैनन् ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा पढ्न सक्नुहुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार