logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखराबाट दमौली तर्फ जाँदै गरेको माइक्रोबस तनहुँको छबिसेमा दुर्घटना,८ जना घाइते


  • राजनीति
  • शनिबार, जेष्ठ ३२ २०७६

पोखरा-पोखराबाट दमौली तर्फ जाँदै गरेको माइक्रोबस तनहुँको छबिसेमा दुर्घटना भएको छ। प्रेआपत जानकारी अनुसार दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

बा २ ख १८९१ नम्बरको हाईस माइक्रोबस अनियन्त्रीत भइ तनहुँको म्याग्दे गाउँपालिका – ४ छ बिसेमा सडकबाट अन्दाजी १२ फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

हाईस दुर्घटनामा परि कास्की अन्नपुर्ण गाउँपालिका – ९ की ३३ बर्षिया सम्झना पुन मगर, पोखरा – ९ का २९ बर्षीय नबिन भुजेल, पोखरा – २४ का २३ बर्षीय सुशान सुबेदी, तनहुँ देबघाट गाउँपालिका – २ का ४० बर्षीय बिजय थापा र ४६ बर्षीय छबिलाल थापा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार