logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

हिन्दु राष्ट्र स्वयंमसेवक दलले भद्रकाली अगाडि पोखे रागाको रगत,९ जना पक्राउ


  • राजनीति
  • शनिबार, जेष्ठ ३२ २०७६

पोखरा- मोहन शमशेर राणा नेतृत्वको हिन्दु राष्ट्र स्वयंमसेवक दलले निकालेको जुलुसको क्रममा प्रदर्शनकारीले ड्रममा बोकेका राँगाको रगत धमाधम सडकमा पोखेका छन। राजधानीको भद्रकालीमा प्रदर्शनको क्रममा राँगाको ९ ड्रम रगत बगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिन्दु राष्ट्र स्वयंमसेवक दलले निकालेको जुलुसको क्रममा प्रदर्शनकारीले ड्रममा बोकेका राँगाको रगत धमाधम पोख्न थालेपछि हस्तक्षेप गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रगत पोख्ने कार्यमा संलग्न राणासहित ९ जनालाई पक्राउ गरिएको पुष्टि गरे ।

उनले पक्राउ परेकाहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए । हिन्दु राष्ट्रिय स्वयमसेवक दलले नेपाललाई हिन्दुराष्ट्र बनाउने पर्ने माग गर्दै सो प्रदर्शन गरेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार