logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

राष्ट्रपतिको बारेमा फेसबुकमा अपशब्द लेख्‍ने विद्यार्थी पक्राउ : त्रिचन्द्रमा तनाव


  • राजनीति
  • बिहिबार, मंसिर २८ २०७४

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा अपशब्द लेखी गाली गर्ने त्रिचन्द कलेजका विद्यार्थी २० वर्षीय विवेक बानियाँलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ।
सामाजिक संजाल फेसबुकमा राष्ट्रपतिलाई अत्यन्त अमर्यादित, अशोभनिय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालको स्टाटस राख्ने कार्यमा संलग्न रही फरार रहेका बनियाँलाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।


उनले पक्राउ गरिएका बानियाँलाई विद्युतीय कारोबार ऐन अन्र्तगत मुद्दामा अनुसन्धान अघि बढाइएको जानकारी दिए। पक्राउ परेका विद्यार्थी नेपाल विद्यार्थी संघ निकट रहेका छन्।
बानियाँको रिहाईको माग गर्दै नेविसंघले आन्दोलन गरेको छ। नेविसंघले क्याम्पसमा तालाबन्दी, तोडफोड गर्नुका साथै सडक समेत अवरुद्ध पारेको छ।
विद्यार्थी बानियाँलाई तत्काल रिहाई नगरे सशक्त आन्दोलन गर्ने त्रिचन्द्र कलेजमा नेपाल बिद्यार्थी संघले चेतावनी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार