logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

टे्ड युनियन काँग्रेस द्वारा कास्की रुपाका विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण


  • राजनीति
  • आइतबार, असार १ २०७६

पोखरा- कास्की रुपा–४ मा कक्षा १ देखि १० कक्षा सम्म पढ्ने सम्पूर्ण विद्यार्थीका लागि नेपाल टे्ड युनियन काँग्रेस गण्डकी प्रदेशद्वारा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल टे्ड युनियन काँग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले शिक्षाको गुणस्तर विकास गर्न निजि विद्यालयको मात्र हैन गाउँमा रहेका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि भए मात्र समग्र शिक्षाको विकास हुने बताए ।

ग्रामीण क्षेत्रका विद्यालयहरुको गुणस्तर वृद्धि गर्न नेपाल टे्ड युनियन काँग्रेस गण्डकी प्रदेश सधैं लागि परिरहने प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षक बामदेव ओझाले गरेका थिए । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामराज घिमिरेले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार