राजनीति
पोखरा- पोखरा ३३ बागमारा स्थित सरस्वती टीका माविमा रहेको बौद्धिक अपाङ्ग केन्द्रका बालबालिकालाई विभिन्न सामग्री वितरण गरेर मन्टेसरी एशोसिएसन कास्कीको चौथो वार्षिकोत्सव मनाअेको छ।
२४ जना बौद्धिक अपाङ्गता भएका बालबालिकालाई दुईदुई जोर पोशाक, व्ल्याङ्केट, सिरानी, तन्ना र खाद्यान्नतर्फ बिस्कुट वितरण गरिएको हो ।
सबै विद्यालय बालमैत्री बनाउनुपर्नेमा जोड दिँदै बालमैत्री पद्दतिबाट पठनपाठन गराउन पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले आग्रह गरिन्। बौद्धिक अपाङ्गता भएका बालबालिका संवेदनशील हुने भएकाले उनीहरुको विशेष हेरचाह गर्नुपर्ने उनको भनाइ छ।
एशोसिएसन कास्की अध्यक्ष अरुणा शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा लिटिल गाडेर्न मन्टेश्वरीका संस्थापक प्रिन्सिपल एवं कार्यक्रम संयोजक ऋतु पौडेल, बौद्धिक अपाङ्गता बालबालिका सेवा केन्द्र इञ्चार्ज श्रीधर आचार्यले बोलेका थिए।