राजनीति
अमला हाम्रो स्वास्थ्यको लागी एकदमै गुणकारी फल हो । यसमा प्रशस्त मात्रामा भिटामित सी ,फाइबर र प्रोटिन पाइन्छ । आयुर्वेदको अनुसार पनि अमला खानु लाभदायक मानिन्छ । त्यसैले अमलामा सुन्तलामा भन्दा २० गुणा बढी भिटामिन सी पाइन्छ ।
-अमलाको जुस पिउनले मुटुको समस्याबाट बचाउँछ । त्यसका साथै यसमा महँ मिसाएर पिउदा रक्तचापमा सन्तुलन भई रगतलाई समेत शुद्ध बनाउँछ ।
-नियमित रुपमा अमलाको जुस सेवन गर्नाले पाचन प्रणालीलाई मजुबत बनाएर राख्छ ।
-यदि अमलाको जुसमा महँ मिसाएर दैनिक रुपमा खाएमा अनुहारमा डण्डीफोर आउने समस्याबाट पनि मुक्ति पाइन्छ । साथै शरिरको मोटोपन पनि घटाउँछ ।
-यदि अमलाको जुसलाई केरासँग मिसाएर खाएमा महिलाहरुको महिनावारी गडबढी हुने समस्या पनि ठिक हुन्छ ।
-त्यस्तै अमलाको जुसमा बेसार र महँ मिसाएर खाएम मधुमेहको बिरामीको लागी अचुक औषधी हुन्छ ।