राजनीति
पोखरा – समाजवादी पार्टी नेपाल कास्कीले सरकारले गुठी व्यवस्थापनका नाममा ल्याउन लागेको विधेयकको विरुद्धमा पोखरामा यसको विरोध गरेको छ । पोखराको महेन्द्रपुलमा विरोध स्वरुप गुठी विधेयक जलाएको छ । राष्ट्रिय सम्पदा संस्कृत मास्ने जनघाति गुठी विधेयक खारेज गर्नुपर्ने भन्दै समाजवादी पार्टी नेपालले गुठी विधेयक जलाएको हो। कम्युनिस्ट सरकारले साम्यवादी शासनको प्रत्याभूति देखाउदै जन विरोधी काम गर्दै आइरहेको आरोप समेत सो पार्टीका नेता होम गुरुङले बताए ।

उनले काङ्ग्रेस प्रतिपक्षी भएर पनि प्रतिपक्षीको भुमिका निभाउन नसकेको आरोप लगाउदै कम्युनिस्ट र काङ्ग्रेसले जनतालाइ मूर्ख बनाएको आरोप लगाएका छन । नेपाली मौलिक सम्पदा मास्नको लागि कम्युनिस्ट सरकारले गुठी विधेयक ल्याएको धारणा राख्दै ” राज्यले सस्कृती लुटेर , नेपालको सम्पदा हरण गरे यो विधेयक खारेज हुनुपर्छ संघीयता विरोधी जनताको अधिकार कुन्ठित गर्न राज्य लागेको छ” गुरुङले भन्नुभयो । समाजवादी पार्टी नेपाल कास्कीको आयोजनामा गुठि विधेयक, मिडिया काउन्सिल, लोकसेवा विज्ञापन विरुद्ध विरोध प्रर्दशन एवं विधेयक जलाइएको हो ।