logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

स्याङजाका चौध वर्षीय बालक बाइस दिनदेखि बेपत्ता


  • रासस
  • सोमबार, असार २ २०७६

स्याङजा– स्याङ्जाको भीरकोट नगरपालिका– ५ आग्रिडाँडाका चौध वर्षीय बालक बेपत्ता भएका छन् । गत जेठ १० गते दिउँसो ३ बजेर ३० मिनेटको समयमा भिरकोट– ५ आग्रिखर्कस्थित घरबाटै गणेश विक बेपत्ता भएका हुन् । बाख्रा चराएर घर फर्केपछि घरबाट हिँडेको छोराको यत्तिका दिनेसम्म पनि कुनै अत्तोपत्तो नभएको आमा सीता विकले दुखेसो गरिन् । ‘घर छोडेर कहिल्यै टाढा गएर धेरै दिन बसेको थिएन, कतै जानु परे पनि सोधेर हिड्थ्यो’ आमा विकले भनिन्, ‘तर अहिले घरमा केही नभनिकन कहाँ गएको हो, कुनै अत्तोपत्तो छैन ।’

बेपत्ता भएका गणेशको सम्भावित ठाउँमा खोजी कार्यलाई जारी राखिएको छ भने जिल्लास्थित प्रहरी कार्यालयमा पनि जानकारी गराइसकिएको आमा विकले बताइन् ।

‘छोराको फोटोसहित खोजीका लागि अहिले समूह बनाएर चारैतिर डुल्ने काम भइरहेको छ’ आमा विकले भनिन्, ‘छोराको चिन्ताले रुँदै बस्दै गरेकी छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार