logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


  • रासस
  • सोमबार, असार २ २०७६

पोखरा- मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा गए राति ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रङ्गेली–डाइनिया सडकखण्डमा राति पौने १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को५प ११७८ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को२त २३२० नंको ट्र्याक्टरले ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक भोजपुर घर भई हाल सुनवर्षी नगरपालिका–४ अमरदह बस्ने ४५ वर्षीय दिलीपकुमार विकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको रङ्गेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

ठक्कर दिने ट्र्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार