logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

त्रिबि सेवा आयोगमा क्रान्तिकारीको तालाबन्दी, भागबन्डा खारेजीको माग


  • राजनीति
  • सोमबार, असार २ २०७६

संसदमा बाहिरको दल मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालय कीर्तिपुरको मूल गेटमा तालाबन्दी गरेकोछ ।

मुलुकको जेठो बिश्वबिद्धालय त्रिभुवन बिश्वबिद्धालयको  सेवा आयोगले अनियमितता गर्दै आफन्तहरुलाई सेवा प्रवेश गराएको  तथ्य सहित गत जेठ ६ गतेदेखि अखिल क्रान्तिकारी रिले अनसनमा बस्दै आएको छ।

बिरोध र धर्ना हुदै तालाबन्दी सम्म पुग्नुको कारण बारे क्रान्तिकारी काठमाडौ जिल्ला अध्यक्ष संघर्ष  दाहालले  भने ‘हामीले तीनवटा मागहरु अघि सारेका छौं’, ‘पछिल्लो पटक गरिएका नियुक्तिहरु खारेज, त्रिवि सेवा आयोग खारेज र नियुक्ति प्रक्रियामा संलग्न कर्मचारीलाई कारबाही गर्नुपर्छ।’

पछिल्लो पटकको सेवा प्रवेश विवादमा परेको छ। अनियमिततापूर्वक पदाधिकारी, नेता र कर्मचारीका आफन्त भर्ना गरिएको र नेपाली कांग्रेस र सरकार नेतृत्वको नेकपाले ४०–६० को भागबण्डा लगाएर नियुक्ति गरेको क्रान्तिकारीको आरोप छ।

अनसन बसेको २९ दिन पुगिसक्दा समेत आफ्ना मागबारे बेवास्ता गरेकाले ताला लगाउन बाध्य हुनु परेको दाहालले जनाकारी दिएकाछन ।

आजबाट अखिल क्रान्तिकारीले सेवा आयोगका कर्मचारीलाई कार्यालय प्रवेशमा समेत रोक लगाएको जनाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार