logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पोखराबाट मुस्ताङ जाँदै गरेको जिपमा सवार यात्रु लुटिए


  • राजनीति
  • सोमबार, असार २ २०७६

पोखरा- पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१ज ५९०९ नम्बरको जिपमा सवार यात्रु लुटिएका छन्।म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित बेनी जोमसोम सडकमा लुटेराहरुले जिप रोकि यात्रुको साथमा रहेको नगद तथा झोलाहरु लुटेका हुन्।

सोमबार प्रहरीले सो लुटपाट संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपूर्ण गाउँपालिका–७ हिस्ताङ बस्ने समित पुन, म्याग्दी रघुगंगा गाउँपालिका–१ टिप्ल्याङ बस्ने यमस पुर्जा र पर्वत जलजला गाउँपालिका–३ पारी बस्ने कुशल पाईजा रहेका छन्। प्रहरीले उनीहरुलाई भाग्दा भाग्दै फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार